इरानको सैन्य शक्ति समाप्त भइसक्यो: डोनाल्ड ट्रम्प
सारांश
- डोनाल्ड ट्रम्पले इरान र अमेरिकाबीच युद्ध अन्त्यका लागि भएको सम्झौतापछि डेमोक्र्याट पार्टीका दाबीहरूमाथि प्रश्न उठाएका छन् ।
- ट्रम्पले युद्धले इरानलाई पूर्ण रूपमा कमजोर बनाएको र अब उनीहरूसँग केही बाँकी नरहेको दाबी गरेका छन् ।
- उनले इरान अमेरिकाको दबाबमा नभई बाध्य भएर वार्तामा आएको र सम्झौताअनुसार ६० दिनपछि इरानले कुनै रकम नपाउने स्पष्ट पारेका छन् ।
काठमाडौँ । अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले इरान र अमेरिकाबिच युद्ध अन्त्यका लागि भएको सम्झौतापछि डेमोक्र्याट पार्टीका दाबीहरूमाथि प्रश्न उठाएका छन् ।
आफ्नो सामाजिक सञ्जाल ट्रुथ सोसलमा पोस्ट गर्दै ट्रम्पले युद्धले इरानलाई पूर्ण रूपमा कमजोर बनाएको दाबी गरेका छन् । उनले लेखेका छन्, ‘युद्धले इरानलाई क्षतविक्षत बनाएको छ । अब ऊसँग न वायुसेना छ, न नौसेना, न वायु रक्षा प्रणाली, न त राडार नै । उनीहरूसँग अब केही बाँकी छैन ।’
इरानको वर्तमान अवस्थालाई लिएर डेमोक्र्याटहरूले गरिरहेको टिप्पणीको आलोचना गर्दै ट्रम्पले अगाडि भनेका छन्, ‘यति हुँदाहुँदै पनि डेमोक्र्याटहरू इरान चार महिना अघिको तुलनामा आज राम्रो स्थितिमा रहेको बताउँछन् । के तपाईँ कल्पना गर्न सक्नुहुन्छ कि कसैले यस्तो कुरा बोलेर उन्मुक्ति पाउन सक्छ ? मानिसहरू कतिसम्म मूर्ख हुन सक्छन् ?’
ट्रम्पले अमेरिका कुनै दबाबमा परेर वार्तामा नगएको बरु इरान नै बाध्य भएर वार्ताको टेबुलमा आएको दाबी समेत गरेका छन् । उनले भनेका छन्, ‘हामी कुनै मजबुरी वा विवशताका कारण वार्ता गर्न गएका हैनौँ, बरु इरान बाध्यताले वार्तामा आएको हो। उनीहरूको खेल अब खत्तम भइसकेको छ ।’
सम्झौताको आर्थिक पक्षबारे टिप्पणी गर्दै ट्रम्पले ६० दिनको समयसीमापछि पनि इरानलाई कुनै रकम नदिइने स्पष्ट पारेका छन् । ‘हामी ६० दिन पूरा हुने पर्खाइमा छौँ। उनीहरूले कुनै पैसा पाउने छैनन्, एक पैसा पनि पाउने छैनन्,’ ट्रम्पले आफ्नो पोस्टमा लेखेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: मन्त्रीको निवासमा प्रहरी पुगेपछि तरङ्गदेखि ६ दिन ढिलो गरी नेपाल भित्रियो मनसुनसम्म
-
क्षेत्रीय शान्तिका लागि पाकिस्तानी प्रधानमन्त्री र साउदी क्राउन प्रिन्सबिच संवाद
-
इरानको सैन्य शक्ति समाप्त भइसक्यो: डोनाल्ड ट्रम्प
-
इजिप्टमा आइतबार अमेरिका–इरान युद्धका मध्यस्थकर्ताबिच छलफल हुने
-
लेबनानमा इजरायली आक्रमणमा परी ४७ जनाको मृत्यु (अपडेट)
-
एसियाली करातेमा एरिकालाई कास्य पदक
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण