प्रतिनिधिसभा बैठक
स्वास्थ्य प्रतिकुलताका कारण प्रधानमन्त्रीसँगको प्रश्नोत्तर कार्यक्रम आज नहुने
बुधबार, ०४ भदौ २०८२, १२ : ४३
सारांश
- प्रधानमन्त्री केपी शर्मा ओली स्वास्थ्यका कारण आज संसद बैठकमा उपस्थित नहुने भएका छन्।
- एमाले प्रमुख सचेतक महेश बर्तौलाले स्वास्थ्य समस्याका कारण प्रधानमन्त्री बैठकमा उपस्थित नहुने जानकारी दिए।
- प्रधानमन्त्रीसँगको सांसदहरूको प्रश्नोत्तर कार्यक्रम आज स्थगित भएको छ।
काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओली आज संसद् बैठकमा उपस्थित नहुने भएका छन् । स्वास्थ्य प्रतिकुलताको कारण उनी बैठकमा उपस्थित नहुने एमाले प्रमुख सचेतक महेश बर्तौलाले जानकारी दिए ।
कार्यव्यवस्था परामर्श समितिको बैठकमा बर्तौलाले ‘स्वास्थ्यका कारण सम्माननीय प्रधानमन्त्री प्रधानमन्त्रीसँगको प्रश्नोत्तरका लागि आज संसद् बैठकमा आउन नसक्ने’ जानकारी गराएका थिए । यससँगै प्रधानमन्त्रीसँगको सांसदहरुको प्रश्नोत्तर कार्यक्रम आज नहुने भएको छ ।
यसअघि आजको बैठकमा प्रधानमन्त्री ओलीले प्रतिनिधिसभा नियमावली, २०७९ बमोजिम सांसदहरूले सोध्ने प्रश्नको जवाफ दिने कार्यसूची तय भएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
तारकेश्वरबाट चोरीका सुनचाँदीका गहनासहित दुई जना पक्राउ
-
सडकको ताजा अवस्था : कतै पूर्ण बन्द, कतै एकतर्फी सञ्चालन (सूचीसहित)
-
किन किनारा लगाइए अर्थमन्त्री वाग्ले ?
-
फुटबल अर्थतन्त्रः रेस्टुरेन्टको सट्टा फुड डेलिभरी चले, एआईले टिसर्ट व्यापार खस्कियो
-
सिर्सिया नदीमा दुर्गन्धित फोहर फ्याक्ने ६ उद्योगलाई जरिवाना
-
पूर्वराजालाई भेट्न नपाएको भन्दै शितलनिवास अगाडि आत्मदाह प्रयास
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण