झापाका सुधार केन्द्रमा आठ सयभन्दा बढी युवा
सारांश
- झापाका विभिन्न पुनःस्थापना केन्द्रमा लागुऔषध दुर्व्यसनमा फसेका ८४५ युवा रहेको जिल्ला प्रशासन कार्यालयले जनाएको छ।
- भारतसँगको खुला सीमानाका कारण लागुऔषध दुर्व्यसनको समस्या झापामा बढेको छ, जसका कारण प्रहरीले युवालाई नियन्त्रणमा लिइरहेको छ।
- पुनःस्थापना केन्द्रहरूले दुर्व्यसनमा फसेका युवाहरूलाई तीन र छ महिनाको आवासीय उपचार प्रदान गर्दै आएका छन्।
झापा । लागुऔषधको दुर्व्यसनमा फसेका आठ सय ४५ युवा झापाका विभिन्न सुधार (पुनःस्थापना) केन्द्रमा रहेका जिल्ला प्रशासन कार्यालयले जनाएको छ । जिल्लामा रहेका २७ वटा पुनःस्थापना केन्द्रमा अहिले आठ सय ४५ जना लागुऔषधको दुव्र्यसनमा फसेका युवा छन् । ती युवालाई अभिभावक आफैँले र प्रहरीले दुर्व्यसनबाट मुक्त गराउन पुनःस्थापना केन्द्रमा राखेका हुन् ।
भारतसँगको खुला सीमानाका कारण पछिल्लो समय जिल्लामा लागुऔषध दुर्व्यसनको समस्या भयावह रूपमा देखिएको छ । दिनहुँ प्रहरीले सीमानाका, ठूला बजार र ग्रामीण बस्तीबाट युवालाई लागुपदार्थसहित नियन्त्रणमा लिने गरेको छ ।
सहायक प्रमुख जिल्ला अधिकारी तेजप्रकाश प्रसाईँका अनुसार मेचीनगर र विर्तामोडमा छवटाका दरले पुनःस्थापना केन्द्र सञ्चालनमा छन् भने शिवसताक्षीमा चार, दमकमा तीन, कनकाईमा तीन, अर्जुनधारामा दुई, कमलमा दुई र बुद्धशान्तिमा एउटा पुनःस्थापना केन्द्र रहेका छन् ।
विर्तामोडका पुनःस्थापना केन्द्रमा सबैभन्दा बढी दुई सय २३ जना युवा उपचाररत् छन् । मेचीनगरमा एक सय ७८, शिवसताक्षीमा एक सय पाँच, दमकमा ८९, कनकाईमा ८२, कमलमा ७३, अर्जुनधारामा ५५ र बुद्धशान्तिमा ४० जनाले लागुऔषध दुर्व्यसनको मुक्तिका लागि उपचार गराइरहेका छन् ।
मेचीनगर नगरपालिका–६ काँकडभिट्टास्थित नवयात्रा पुनःस्थापना केन्द्रका सञ्चालक भीमप्रसाद लुइँटेलले केन्द्रमा हाल ३३ जनाको उपचार भइरहेको बताए । समाजले बिग्रियो भनेर बेवास्ता गरेको र परिवारको विश्वास गुमाइसकेको अवस्थामा दुर्व्यसनमा लागेको युवालाई सुधारेर स्वस्थ बनाइ परिवार र समाजमा पुनःस्थापना गर्ने कार्य सहज भने नहुने उनले धारणा राखे ।
‘राज्यले गर्नुपर्ने काम हामीले गरिरहेका छौँ’, विगत १३ वर्षदेखि पुनःस्थापना अभियानमा सक्रिय लुइँटेलले भने, ‘सीमावर्ती क्षेत्रमा यो समस्या विकराल भइसकेको छ । राज्यले यो विषयमा गम्भीर हुन ढिला भइरहेको छ ।’
पुनःस्थापना केन्द्रहरूले तीनमहिने र छमहिने कोर्स पूरा गर्नेगरी दुव्र्यसनमा लागेका युवाहरूको आवासीय सशुल्क उपचारको व्यवस्था गर्दै आएका छन् । केन्द्रमा आवासीय उपचार गराउन आउने युवालाई दुर्व्यसन छुटाउन दिनहुँ परामर्श कक्षामा सहभागी गराउने, नियमित स्वास्थ्य परीक्षण गराउने र हरेक दिन योग तथा ध्यानसमेत गराउँदै आइएको नवयात्रा पुनःस्थापना केन्द्रका सञ्चालक लुइँटेलले बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
स्वास्थ्यमन्त्रीले गरिन् खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागको अनुगमन
-
रसुवा भन्सारबाट तानिएका यी हुन् ६ कर्मचारी, राजेन्द्र ढुङ्गाना नयाँ प्रमुख
-
संविधान संशोधनबारे पूर्वराष्ट्रपति यादव र भण्डारीकाे सुझाव : राष्ट्रिय सहमति, समावेशिता र प्रणाली सुधारमा जोड
-
एमालेको ठहरः जनतासँग दूरी बढ्नुको कारण नेताहरूको विलासी जीवनशैली
-
ऊर्जा उत्पादकहरूले भने, ’ऊर्जा क्षेत्रमा सरकारको बजेट सकारात्मक, तर चुनौती कार्यान्वयन’
-
‘सरकारविरूद्ध बोल्न बन्द गर्नुस्’ भन्दै हिरासतमै पूर्वगृहमन्त्री गुरुङले दिए धम्की
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण