नेपालमा रासायनिक मल कारखाना खोल्ने प्रस्ताव बोकेर निगमको टोली दिल्लीमा
सारांश
- नेपाल आयल निगमको टोली रासायनिक मल कारखाना स्थापनाको लागि भारतीय सहयोग माग्न दिल्ली पुगेको छ।
- टोलीले इन्डियन आयल कर्पोरेसन (आईओसी) सँग लगानी सुनिश्चितताको विषयमा छलफल गर्नेछ।
- टोलीले पेट्रोलमा १० प्रतिशत इथानोल मिसाउने र हाइड्रोजन बस सञ्चालनबारे पनि छलफल गर्नेछ।
काठमाडौँ । नेपालमा रासायनिक मल कारखाना स्थापनाका लागि भारतीय सहयोगको प्रस्ताव बोकेर नेपाल आयल निगमको एक उच्चस्तरीय टोली दिल्ली पुगेको छ ।
इन्डियन आयल कर्पोरेसन (आईओसी) सँग कारखाना स्थापनामा लगानी सुनिश्चितताका विषयमा ठोस छलफलका लागि पाँच सदस्यीय टोली आईओसीको मुख्यालय पुगेको निगमका प्रवक्ता मनोज ठाकुरले बुधवार जानकारी दिए ।
ठाकुरका अनुसार मंगलबार निगमका कार्यकारी निर्देशक डा. चण्डिकाप्रसाद भट्ट, नायब कार्यकारी निर्देशक दीपक बराल र पूर्ण रिजाल निर्देशक विनीतमणि उपाध्याय र सुरज साह आइओसी मुख्यालय गएका हुन् । ‘बुधवार दिउँसो आईओसीका अधिकारीसँग नेपालमा मल कारखानामा लगानी गर्ने विषयमा छलफल गर्ने कार्यसूची छ ,’ ठाकुरले भने ।
मल कारखानाबाहेक पेट्रोलमा १० प्रतिशत इथानोल मिसाउने र हाइड्रोजन बस सञ्चालन गर्ने विषयमा पनि छलफल हुनेछ । निगमले इथानोल मिसाउने कार्यविधि बनाएर स्वीकृतिका लागि मन्त्रिपरिषद्मा पठाइसकेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
जबरजस्ती करणी अभियोगमा दिल्ली क्यापिटल्सका पोरेललाई पक्राउ गर्न आदेश
-
अभिनेत्री गौमाया गुरुङले गरिन् विवाह
-
वर्षायाममा भरपर्दो विद्युत् सेवा सुनिश्चित गर्न प्रदेश कार्यालयलाई निर्देशन
-
वैदेशिक रोजगारी तत्काल रोक्न सकिँदैन, सुरक्षित र मर्यादित बनाउन सरकार केन्द्रित : मन्त्री यादव
-
पर्वतको बन्जिसाईड भिरबाट हामफालेका व्यक्तिको शव निकालियो
-
बिहेको दुई महिनाअघि रुसी आक्रमणमा ज्यान गुमाए भारतीय नाविकले, भारतद्वारा रुसी कूटनीतिज्ञलाई ध्यानाकर्षण
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण