पैसा खाएको छ भने थुनेर हुँदैन, पैसा तिर्न लगाउनुपर्छ : सभापति चालिसे
काठमाडौँ । अर्थ समितिका सभापति सन्तोष चालिसेले विद्यमान कानुनहरूमाथि प्रश्न उठाएका छन् । अहिलेका कानुनहरू थुनेर कुरा सुन्ने खालका रहेको बताउँदै त्यसले निकास नदिने बताए । बुधबारको अर्थ समितिको बैठकमा उनले कसैले पैसा खाएको छ भने त्यसलाई थुनेर नभई बाहिर राखेर पैसा तिर्न लगाउनुपर्नेमा उनले जोड दिए ।
उनले २५ हजार भन्दा बढी भारतीय रुपैयाँ ल्याउने कानुन ठिक नभएको समेत बताए । उनले त्यस्तो प्रावधान संशोधन गर्ने गरी भन्सार विधेयक अघि बढाइने स्पष्ट पारे ।
सभापति चालिसेले भने,‘यस्ता कानुन बनाउने को हो यो ? पैसा कसैले खाएको छ भने उसलाई तिराउने हो नि । थुन्ने होइन नि । कसैले कसैको पैसा खाएको छ भने पैसा तिराउने वातावरण हाम्रा कानुनले बनाइदिनुपर्छ । उसले पैसा नपाएर रुवावासी, यता थुनिने थुनभित्र रुवाबासी गर्नुपर्ने । त्यो पनि हुन्छ कहीँ । कसैले बदमासी गरेको छ भने सम्पत्ति रोक्का गरेर भएपनि हामीले तिर्नैपर्छ भन्नुपर्छ । थुन्नु हुँदैन । बाहिर राख्नुपर्छ । थुनेर के फाइदा हुन्छ । कसलाई फाइदा हुन्छ ?’
बुधवारको अर्थ समिति बैठकले वैकल्पिक वित्तसम्बन्धी विधेयकलाई सर्वसम्मति रूपमा पारित गरेको छ । उक्त विधेयकलाई आगामी संसद् बैठकमा समिति सभापति चालिसेले सदनमा प्रस्तुत गर्नेछन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
राष्ट्रिय परिचयपत्रसम्बन्धी सेवा बिहानदेखि साँझसम्मै
-
मेस्सी उत्कृष्ट खेलाडी घोषित
-
कङ्गोमा इबोला प्रकोप तीव्र, मृत्यु हुनेको सङ्ख्या ९९९ पुग्यो
-
न्यायपालिकाको पाँचौं रणनीतिक योजनामा भदौ २४ को विध्वंसको धक्का
-
एमआरपी अनिवार्य गर्ने निर्णयबाट फेरि पछि हट्यो सरकार, बजारमा भने कडाइ
-
शहिद गङ्गालाल हृदय केन्द्रद्वारा बालबालिकाको मुटु शल्यक्रिया सहायता रकम परिमार्जन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण