बुधबार, ०६ साउन २०८३
ताजा लोकप्रिय

बालबालिका सम्बन्धी (पहिलो संशोधन) विधेयक, विचार गरियोस् भन्ने प्रस्ताव स्वीकृत

बुधबार, ०४ भदौ २०८२, १५ : ५८
बुधबार, ०४ भदौ २०८२

काठमाडौँ । प्रतिनिधिसभाबाट बालबालिका सम्बन्धी (पहिलो संशोधन) विधेयक, २०८२ माथि विचार गरियोस् भन्ने प्रस्ताव’ सर्वसम्मतिले स्वीकृत भएको छ ।

प्रतिनिधिसभाको बुधबार बसेको बैठकमा महिला बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री नवलकिशोर शाह सुडीले विधेयकमाथि विचार गरियोस् भन्ने प्रस्ताव पेस गरेका थिए ।

विधेयकमाथि सैद्धान्तिक छलफल पछि सभामुख देवराज घिमिरेले ‘बालबालिका सम्बन्धी (पहिलो संशोधन) विधेयक, २०८२ माथि विचार गरियोस् भन्ने प्रस्ताव निर्णयार्थ पेस गरेका थिए । त्यो प्रस्ताव सर्वसम्मतिले स्वीकृत भएको हो । 

प्रस्ताव निर्णयार्थ पेस गर्ने अनुमति दिँदा प्रमुख प्रतिपक्षी दल नेकपा माओवादी केन्द्रकी सांसद ज्ञानु बस्नेत सुवेदी गणपूरक सङ्ख्याबारे प्रश्न उठाएकी थिइन् । कुनै पनि प्रश्न र प्रस्ताव पेस गर्दा एक चौथाइ मत चाहिन्छ । त्यो सङ्ख्या ६९ हो । मत गणना गर्दा ८० सांसद देखिएपछि अगाडि बढाइएको थियो ।  

प्रस्ताव पारित भएसँगै संशोधन विधेयकमाथि संशोधन हाल्ने ७२ घण्टे समय सुरु भएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप