लुम्बिनी प्रदेश : कानुनमन्त्री र सचिवबिच कार्यसम्पादन सम्झौता
बुटवल । लुम्बिनी प्रदेशका आन्तरिक मामिला तथा कानुनमन्त्री र सोही मन्त्रालयका सचिवबिच आर्थिक वर्ष २०८२/८३ का लागि कार्यसम्पादन सम्झौता भएको छ ।
प्रदेश सुशासन ऐन, २०७६ को दफा १८ बमोजिम कानुनमन्त्री आदेशकुमार अग्रवाल र सचिव लोकबहादुर सुनारबिच बुधबार कार्यसम्पादन सम्झौता गरिएको हो ।
सम्झौतामा मन्त्रालयका वार्षिक कार्यक्रमलाई नतिजामूलक, प्रभावकारी र व्यवस्थित ढङ्गले कार्यान्वयन गर्ने, जवाफदेहिता प्रवर्द्धन गर्ने, भ्रष्टाचारमुक्त सेवा प्रवाह कायम गर्ने र सुशासन अभिवृद्धि गर्ने भनिएको छ ।
सम्झौता अनुसार मन्त्रालय मातहतका कार्यालयहरूले चालु आर्थिक वर्षभित्र कार्यान्वयन कार्य योजना तयार गर्नुपर्नेछ भने बेरुजु फर्छ्यौटमा प्रगति गर्नुपर्ने, सेवासँग सम्बन्धित गुनासा न्यूनीकरण गर्नुपर्ने र बजेट कार्यान्वयनका लागि आवश्यक मापदण्ड निर्देशिका समयमै स्वीकृत गर्नुपर्ने छ ।
त्यस्तै जिन्सी व्यवस्थापन पारदर्शी बनाउने, खरिद इकाई गठन गरी वार्षिक खरिद योजना अनुसार काम अघि बढाउने, लिलाम सम्बन्धी कार्य गर्ने, अनुगमन कार्यताालिका बनाई आयोजना कार्यान्वयनका विभिन्न चरणमा निरन्तर अनुगमन गर्ने र अन्तर मन्त्रालय, स्थानीय तह तथा सरोकारवालासँग समन्वय गर्नुपर्ने पनि कार्यसम्पादन सम्झौतामा उल्लेख गरिएको छ ।
कार्यसम्पादन अवधिमा सचिव सरुवा भएमा नयाँ सचिवलाई सम्पूर्ण जिम्मेवारी हस्तान्तरण गर्नुपर्ने प्रावधान पनि राखिएको छ । मन्त्रालय स्तरका नीतिगत निर्णय तथा मन्त्रिपरिषद्बाट स्वीकृत हुने प्रस्तावहरूको तयारीमा समेत सक्रिय भूमिका निर्वाह गर्नुपर्ने उल्लेख गरिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
आयोजना निर्माणमा प्रक्रियागत झन्झट अन्त्य गर्ने नयाँ रणनीतिः १० वर्षका लागि ‘सनसेट कानुन’ ल्याइँदै
-
बालबालिकाको सुरक्षा सुनिश्चित गर्न राष्ट्रसङ्घको आह्वान
-
रवि फर्किएपछि परराष्ट्रमन्त्री खनाल भारत जाने
-
बागमतीमा वित्तीय बेथिति: टुक्रे योजनामा बजेट छरियो, अर्बौंका मेसिन गोदाममै सड्दै
-
घरायसी विवादमा श्रीमतीको हत्या
-
मदिराले मातेपछि विवाद, ढुङ्गा प्रहार गर्दा एक जनाको मृत्यु
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण