धादिङमा भारतीय ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु
सारांश
- धादिङको धुनिवेशीमा भारतीय नम्बरको ट्रकले मोटरसाइकललाई ठक्कर दिँदा चालकको मृत्यु भएको छ।
- दुर्घटनामा मोटरसाइकल चालकको घटनास्थलमै मृत्यु भएको थियो भने अन्य ५ जना घाइते भएका छन्।
- घाइतेहरुमा ट्रक चालक र सवार व्यक्तिहरु रहेका छन्, भने ट्रक अनियन्त्रित भई सडकबाट खसेको थियो।
काठमाडौँ । त्रिभुवन राजपथस्थित धादिङको धुनिवेशी नगरपालिका–७ मा भारतीय नम्बरको ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु भएको छ । मृत्यु हुनेमा ध.२प. ३१४६ नम्बरको मोटरसाइकल चालक करिब ४२ वर्षीय पुरुष छन् ।
उनको परिचय खुलेको छैन। बुधवार मध्यान्ह धुनिवेशीस्थित नौबिसेमा चितवनबाट काठमाडौँ जाँदै गरेको मोटरसाइकललाई विपरीत दिशाबाट आएको युपी–५१ सिटी–२६०१ नम्बरको ट्रकले ठक्कर दिएको राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय चितवनका एसपी नरेश सुवेदीले रातोपाटीलाई बताए ।
ट्रक अनियन्त्रित भएर सडकबाट करिब २५ मिटर तल खसेको छ । दुर्घटनामा ५ जना घाइते भएका छन् । घाइते हुनेमा मोटरसाइकल पछाडि सवार एक जना, ट्रक चालक २५ वर्षीय भारतीय नागरिक ईसाद आलम, ट्रकमा सवार जावी अन्सारी, उस्मान अन्सारी र ओस्लिम आलम छन् ।
मोटरसाइकल चालकको दुर्घटनापछि उपचारको क्रममा काठमाडौँको ट्रमा सेन्टरमा मृत्यु भएको हो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अत्यावश्यक औषधि उत्पादनको समझदारी
-
दुई फर्मलाई विभागको जरिवाना
-
२ सय ५० मेट्रिकटन डिएपी मल विराटनगर आइपुग्यो
-
१२ बजे १२ समाचार: आशिका तामाङको चेक बाउन्स प्रकरणले हलचल, प्रदेश सरकारबाट बाहिरिन भाखा सार्दै एमाले
-
कृषिमन्त्री चौधरी र मधेस प्रदेशका मुख्यमन्त्री यादवबिच भेट
-
युक्रेनको बन्दरगाहमा व्यापारिक जहाजमाथि हमला, ४ भारतीयको मृत्यु
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण