मिटरब्याजमा लगानी गरेर ५ करोड असुलेको आरोपमा एक जना पक्राउ
बुधबार, ०४ भदौ २०८२, १९ : ५३
काठमाडौँ । मिटरब्याजमा लगानी गरेर करिब ५ करोड असुलेको आरोपमा ललितपुर प्रहरीले एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा सिन्धुपाल्चोक घर भएका कविराज कटुवाल छन् ।
कटुवाललाई मकवानपुरबाट बुधबार पक्राउ गरिएको जिल्ला प्रहरी परिसर ललितपुरका एसपी चक्रराज जोशीले रातोपाटीलाई बताए । उनी विरुद्ध अनुचित लेनदेन सम्बन्धी कसुरमा ५ दिनको म्याद लिएर प्रहरीले अनुसन्धान गरिरहेको छ ।
रेडिमेड कपडा तथा जुत्ताको व्यापार गर्दै आएका एक युवकले कटुवाल विरुद्ध जाहेरी दिएका थिए । जाहेरीमा उनले १ करोड ४० लाख रकम आफूले लिएको र कटुवालले ४ करोड ८६ लाख असुलेको आरोप लगाएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
तारा गन्न बनेको ‘जन्तर-मन्तर’ कसरी बन्यो दिल्लीको सबैभन्दा ठुलो विरोध प्रदर्शनको केन्द्र ?
-
जेफ्री एप्स्टिनलाई किशोरी उपलब्ध गराउने अर्का फ्रान्सेली ‘मतियार’ मृत फेला
-
विवादितलाई काखी च्याप्ने ‘मोदी–प्रवृत्ति’ कै कारण शिक्षामन्त्री धर्मेन्द्र प्रधान अझै कुर्सीमै छन्
-
इरानलाई ट्रम्पको चेतावनी : होर्मुजमा हमला भए तेहरानका पुल र पावर प्लान्टमा बमबारी गर्ने
-
वन तथा वातावरण मन्त्रालयको ८२ प्रतिशत प्रगति
-
१० बजे १० समाचार : विभाजनको बाटोमा कांग्रेस, सहकार्यको प्रयासमा ओली-प्रचण्ड
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण