इन्टर मियामीको नाटकीय जित, दुई पेनाल्टीको मद्दतले सेमिफाइनलमा
बिहीबार, ०५ भदौ २०८२, १० : ०५
सारांश
- इन्टर मियामीले लियोनेल मेसी बिना नै टिग्रेसलाई २-१ ले हराएर सेमीफाइनलमा स्थान पक्का गर्यो।
- लुइस सुआरेजले दुई पेनाल्टीमा गोल गर्दै मियामीलाई जिताए, विपक्षी खेलाडीको ह्यान्डबलका कारण पेनाल्टी पाएको थियो।
- प्रशिक्षक जेभियर माश्चेरानोलाई रातो कार्ड देखाइयो, र उनले प्रतिबन्धका बाबजुद मोबाइलबाट निर्देशन दिए।
मियामी । इन्टर मियामीले सुपरस्टार लियोनेल मेसीको अनुपस्थितिमा पनि लिगा एमएक्सको टिग्रेसलाई २-१ ले हराउँदै सेमीफाइनलमा स्थान सुरक्षित गरेको छ।
खेलमा लुइस सुआरेज नायक बने, उनले विपक्षी खेलाडी जाभियर आक्विनोको दुई पटकको ह्यान्डबलपछि दुई पेनाल्टीमा गोल गर्दै टोलीलाई जिताए।
पहिलो पेनाल्टीपछि मैदानमा तनाव चुलिएको थियो, जहाँ मियामीका प्रशिक्षक जेभियर माश्चेरानो पनि विवादमा संलग्न भए। रेफ्रीसँग वादविवादका क्रममा उनलाई रातो कार्ड देखाउँदै मैदान बाहिर पठाइयो।
दोस्रो हाफमा टिग्रेसका एन्जेल कोरेयाले बराबरी गोल गरे पनि खेलको अन्त्यतिर अर्को पेनाल्टीमा सुआरेजले सहज गोल गर्दै मियामीलाई जित दिलाए।
प्रशिक्षक माश्चेरानो प्रतिबन्धित भए पनि स्ट्यान्डमा बस्दै मोबाइलमार्फत सहायक प्रशिक्षकलाई निर्देशन दिइरहेको दृश्य क्यामेरामा कैद भएको थियो।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सडकको ताजा अवस्था : कतै पूर्ण बन्द, कतै एकतर्फी सञ्चालन (सूचीसहित)
-
किन किनारा लगाइए अर्थमन्त्री वाग्ले ?
-
फुटबल अर्थतन्त्रः रेस्टुरेन्टको सट्टा फुड डेलिभरी चले, एआईले टिसर्ट व्यापार खस्कियो
-
सिर्सिया नदीमा दुर्गन्धित फोहर फ्याक्ने ६ उद्योगलाई जरिवाना
-
पूर्वराजालाई भेट्न नपाएको भन्दै शितलनिवास अगाडि आत्मदाह प्रयास
-
लैङ्गिक हिंसा र लैङ्गिक समानता विषयक प्रदेशस्तरीय सम्मेलन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण