आइतबार, २४ जेठ २०८३
ताजा लोकप्रिय

आफ्नै छोराले मारेका थिए भालुले मारेको भनिएका जापानी वृद्धलाई

बिहीबार, ०५ भदौ २०८२, ११ : ५४
बिहीबार, ०५ भदौ २०८२

सारांश

  • जापानमा एक व्यक्तिलाई आफ्नै ९३ वर्षीय पिताको हत्या गरेको आरोपमा पक्राउ गरिएको छ।
  • प्रहरीले सुरुमा घटनालाई भालुको आक्रमण ठानेको थियो, तर अनुसन्धानले चक्कु प्रहारको संकेत गर्यो।
  • पीडितको घरबाट चक्कु बरामद गरिएको छ र हत्याको कारण अझै पत्ता लागेको छैन।

टोकियो । जापान प्रहरीले उत्तरी अकिता प्रिफेक्चरबाट आफ्नै पिताको हत्या गरेको आरोपमा मंगलबार ५१ वर्षका फुजियुकी शिन्दोलाई पक्राउ गरेका छन् । 

९३ वर्षका फुजियोशी शिन्दो भालुको आक्रमण परेर मरेको ठानिएको थियो । वृद्ध पतिलाई पत्नीले भुँइमा रगतमा लतपतिए बेहोस अवस्थामा भेटेकी थिइन् । 

सो आक्रमणलाई भालुले गरेको हुन सक्ने मानेर प्रहरीले पनि मेलमा स्थानीय बासिन्दालाई अलर्ट पठाएको थियो । 

तर अनुसन्धानका क्रममा वृद्धको शरीरमा भएका चोट चक्कु प्रहारसँग मेल खाने खालको पाइयो । उत्तरी जापानमा भालुको आक्रमण पछिल्लो समय बढेको छ । 

वृद्ध जनसंख्या धेरै भएको अनि खेतियोग्य जमिन खुम्चिँदै गएकोले पनि जंगली जनावरहरूले आफ्नो बासस्थान विस्तार गरेर मानव बस्ती नजिकसम्म ल्याइ पुर्‍याएका छन् । 

शिन्दो आफ्नो मातापिताको साथमा बस्थे । आक्रमणको समयमा आफूले घरमा खासै असामान्य केही नदेखेको उनले प्रहरीलाई शुरुआती अनुसन्धानका क्रममा भनेका थिए । 

अनुसन्धाताहरूले पीडितको घरबाट कयौँ चक्कु जफत गरेका छन् । आक्रमणमा प्रयोग भएको चक्कु कुन थियो भनेर खोज्ने प्रयास जारी रहेको बताइएको छ । अहिलेसम्म यो हत्याको कारण खुल्न सकेको छैन । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप