काठमाडौँ । विद्यालय शिक्षा विधेयकको प्रतिवेदनमा आफूहरूका माग समावेश नगरिएको भन्दै निजी विद्यालयका सञ्चालक तथा प्रिन्सिपलहरूले आज माइतीघरमा विरोध प्रदर्शन गरेका छन् ।
उनीहरूले माइतीघर मण्डलामा ब्यानरसहित प्रदर्शन गरेका हुन्। र्याली माइतिघर देखि सुरु भई नयाँ बानेश्वर चोकसम्म पुगेर पुनः माइतीघर मण्डलामा फर्किँदै छ।
निजी विद्यालय सञ्चालक संस्थाले ५ बुँदे माग अघि सार्दै आन्दोलनमा उत्रिएका हुन् । उनीहरूले आफूहरूको अस्तित्व र योगदानलाई उपेक्षा गर्ने गरी विधेयकमा अव्यवहारिक र अन्यायपूर्ण प्रावधान राखिएको दाबी गर्दै तिनको खारेजी तथा संशोधनको माग गरेका छन्।
_HzT9sH2wmU.jpg)
५ बुँदे मागको पहिलो बुँदामा पूर्ण छात्रवृत्ति भन्ने शब्द हटाइनु पर्ने माग गरिएको छ ।
यसैगरी विद्यालयमा उत्पादन नहुने पोसाक, स्टेशनरी, शैक्षिक सामग्री, खाजा जस्ता वस्तु उपलब्ध गराउनुपर्ने प्रावधान खारेज गर्नुपर्ने, कम्पनी ऐनअनुसार दर्ता भई सञ्चालनमा रहेका विद्यालयलाई गैर नाफामूलक बनाउँदै लगिने प्रावधान हटाइनु पर्ने माग गरिएको छ ।
_R8MDbZvNRr.jpg)
यस्तै छात्रवृत्ति वितरणको अधिकार सम्बन्धित विद्यालयमै रहनुपर्ने, तर पालिका प्रतिनिधिको सहभागितामा पारदर्शी समिति बनाएर वितरण गर्न सकिने व्यवस्था गर्नुपर्ने, ४५ प्रतिशत आरक्षणसहितको प्रावधान खारेज गर्नुपर्ने निजी विद्यालय सञ्चालकहरूको माग छ ।
_tm2mV9Gmu9.jpg)
_glWnTdvqFL.jpg)
_vXCy3UfNpF.jpg)
_FP9Mrbt6Dj.jpg)
_pIXhvhZu51.jpg)
_4Bps4CgUg9.jpg)
_btJx61jPHr.jpg)
_4v1T1TmNFT.jpg)
_7t55Sqveh3.jpg)
_SfsIn07naJ.jpg)
_zT9KQeE4QN.jpg)
_0hjaYZKgh2.jpg)
_OTEyITa7sR.jpg)
_keWvlfBXWZ.jpg)
_sDc7mKfT6H.jpg)
_o7v8hWsfaS.jpg)
_zSMDtVlgy8.jpg)
_3zWBDmr31W.jpg)
_IBvN5iZWvK.jpg)
_J3EaIl0UXo.jpg)
प्रतिक्रिया