आयुर्वेद उपचारमा जनविश्वास बढाउन आवश्यक छ : मन्त्री पौडेल
सारांश
- स्वास्थ्यमन्त्री प्रदीप पौडेलले आयुर्वेद उपचारमा जनविश्वास बढाउन खोजेको बताए ।
- मन्त्री पौडेलले स्वर्ण प्राशन मौलिक विधि भएको र यसले वैकल्पिक उपचारमा मद्दत गर्ने बताए ।
- सुदूरपश्चिम प्रदेशका सामाजिक विकासमन्त्री मेघराज खड्काले स्वस्थ बालकले उज्ज्वल भविष्य बनाउने कुरा गरे ।
कैलाली । स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री प्रदीप पौडेलले सरकारले आयुर्वेद उपचारमा जनविश्वास बढाउन खोजेको बताएका छन् ।
प्रादेशिक आयुर्वेद चिकित्सालय धनगढीमा आज आयुर्वेद तथा वैकल्पिक चिकित्सा विभागले आयोजना गरेको ‘राष्ट्रिय स्वर्ण प्राशन’ शुभारम्भ कार्यक्रमलाई सम्बोधन गर्दै उनले भने, “आयुर्वेद उपचार हाम्रो मौलिक परम्परा हो । हामी सबै हिसाबले सम्पन्न थियौँ । हामीले हाम्रा कुरामाथि विश्वास नगरेका कारण अहिले हामी कुनै पनि कुरामा आत्मनिर्भर छैनौँ ।”
उनले स्वर्ण प्राशन मौलिक विधि रहेको उल्लेख गरे । विकल्प नहुँदा यसैलाई प्रयोग गरेर स्वस्थ हुने गरेको स्मरण गरे । “विकल्प आएपछि हामीले यसलाई छोडेर विकल्प तिर लाग्यौँ । यसलाई प्रयोग गर्दा हामी लाभान्वित हुन्छौँ । यसले वैकल्पिक उपचार विधिमा मद्दत गर्छ”, उनले भने ।
कार्यक्रममा सुदूरपश्चिम प्रदेशका सामाजिक विकासमन्त्री मेघराज खड्काले स्वस्थ बालकले मात्रै आफ्नो उज्जल भविष्य निर्माण गर्न सक्ने बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पूर्वराजालाई भेट्न नपाएको भन्दै शितलनिवास अगाडि आत्मदाह प्रयास
-
लैङ्गिक हिंसा र लैङ्गिक समानता विषयक प्रदेशस्तरीय सम्मेलन
-
केन्द्रमा एमाले–नेकपा मिल्ने चर्चाले मुख्यमन्त्री प्रस्ताव गरिसकेको कांग्रेसलाई तनाव !
-
निजी विद्यालय सञ्चालकलाई सिंहदरबार बोलाएर शिक्षामन्त्रीले के-के भने ?
-
भारतीय प्रधानमन्त्री मोदीको राजीनामा मागियाे
-
भारतमा सीजेपी आन्दोलनको राप (भिडियो)
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण