पत्रकार महासंघ मकवानपुरद्वारा सुरक्षित सुत्केरी प्रवर्द्धन कोष स्थापना
हेटौंडा । नेपाल पत्रकार महासंघ मकवानपुरले महिला पत्रकारहरूको प्रजनन स्वास्थ्य र सुरक्षित सुत्केरी प्रवर्द्धनका लागि विशेष कोष स्थापना गरेको छ। बिहीबार हेटौंडामा आयोजित कार्यक्रममा उपमहानगरपालिका प्रमुख मीनाकुमारी लामाको प्रमुख आतिथ्यतामा उक्त कोषको शुभारम्भ गरिएको हो।
महिला पत्रकारहरूको उपचार, पोषण कार्यक्रम तथा सुत्केरी अवस्थामा आवश्यक सामग्री उपलब्ध गराउने उद्देश्यले कोष स्थापना गरिएको महासंघले जनाएको छ। कोष सञ्चालनका लागि उपाध्यक्ष रिजालको संयोजकत्वमा समिति गठन गरिएको छ भने कार्यविधि मस्यौदा निर्माण कार्य भइरहेको छ।
कार्यक्रममा बोल्दै नगर प्रमुख लामाले महिला पत्रकारको स्वास्थ्य र सुरक्षित सुत्केरीका लागि कोष स्थापना प्रशंसनीय कदम भएको बताउँदै उपमहानगरपालिकाको तर्फबाट ५ लाख र व्यक्तिगत तर्फबाट १० हजार रुपैयाँ सहयोग गर्ने घोषणा गरिन्। उपप्रमुख राजेश बानियाँले पनि १० हजार रुपैयाँ व्यक्तिगत सहयोग गर्ने बताए।
त्यस्तै, महासंघ मकवानपुरका अध्यक्ष बालकृष्ण अधिकारी, ब्रोडकास्टिङ एसोसिएसन नेपालका वरिष्ठ उपाध्यक्ष उज्ज्वल चौलागाईं, वरिष्ठ पत्रकार प्रताप विष्ट, पूर्व उपाध्यक्ष सम्झना कार्कीलगायतले समेत सहयोगको घोषणा गरेका थिए। कार्यक्रममा संकलन भएको रकमले महिला पत्रकारहरूको सुरक्षित सुत्केरी र पोषणमा योगदान पुग्ने अपेक्षा गरिएको छ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कीर्तिपुरमा कारभित्र जलेका पुरुषको शव पोस्टमार्टमका लागि पठाइयो शिक्षण अस्पताल
-
एक वर्षमा तीन लाख ८१ हजार जनाले भरतपुर आँखा अस्पतालबाट लिए सेवा
-
नीति अनुसन्धान प्रतिष्ठान र मध्यपश्चिम विश्वविद्यालयबिच सहकार्य
-
माडीगज नियन्त्रणमा
-
सुदूरपश्चिममा दुध उत्पादनमा आत्मनिर्भरता, तर औपचारिक बजार व्यवस्थापन भने अझै कमजोर
-
जबरजस्ती करणी अभियोगमा दिल्ली क्यापिटल्सका पोरेललाई पक्राउ गर्न आदेश
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण