समाचार
माइतीघरमा मोदी र सी जिनपिङको पुत्लामा जुत्ता हानियो, ८ जना पक्राउ
बिहीबार, ०५ भदौ २०८२, १७ : ५९
सारांश
- काठमाडौंमा युवाहरूले भारत र चीनबीचको सम्झौताको विरोध गर्दै प्रदर्शन गरे।
- प्रदर्शनकारीहरूले भारतीय प्रधानमन्त्री मोदी र चिनियाँ राष्ट्रपति सीको पुत्लामा जुत्ता हाने।
- प्रहरीले प्रदर्शनमा संलग्न ८ जनालाई नियन्त्रणमा लिएको छ।
काठमाडौं । भारत र चीनबिच भएको नेपाली भूमि लिपुलेक हुँदै व्यापारिक नाका सञ्चालन गर्ने सहमतिविरुद्ध बिहीबार राजधानीमा युवाहरूले विरोध प्रदर्शन गरेका छन् ।
माइतीघर मण्डलामा स्वतन्त्र युवा समूहको नाममा गरिएको प्रदर्शनमा सहभागी युवाहरूले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी र चिनियाँ राष्ट्रपति सि जिनपिङको पुत्लामा जुत्ता हानेर आपत्ति जनाएका थिए ।
त्यस्तो प्रदर्शनमा सहभागी ८ जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ। उनीहरूलाई पुत्ला जलाउने प्रयाससहित अशान्ति सिर्जना गर्न खोजेको भन्दै नियन्त्रणमा लिइएको महानगरीय प्रहरी परिसर काठमाडौंले जनाएको छ ।
युवाहरूले लिपुलेक नेपाली भूमि भएको भन्दै भारत–चीनबीच भएको सहमति नेपालको सार्वभौमसत्तामाथि हस्तक्षेप भएको आरोप लगाएका थिए । उनीहरूले सरकारलाई ठोस कूटनीतिक पहल गर्न आग्रह गर्दै नारा प्रदर्शनसमेत गरेका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
लक्ष्यको आधा पनि उठेन लुम्बिनी प्रदेशको आन्तरिक राजस्व
-
झापा अदालतद्वारा ६० प्रतिशत मुद्दा फछ्र्योट
-
सुदूरपश्चिमका पहाडी जिल्लामा बर्खा लाग्नासाथ बढ्छ दुर्घटनाको जोखिम
-
बाढी–पहिरोका कारण अवरुद्ध छन् यी राजमार्ग (विवरणसहित)
-
हृदयघात भएको पहिलो १० मिनेटमा के गर्ने ?
-
दिनदिनै लौकाको जुस पिउँदा शरीरलाई हुन्छ यस्ता फाइदा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण