गठबन्धनले खोसिएको महिलाको हक संविधान संशोधनमार्फत सुनिश्चित गर्छौ : मुख्यमन्त्री बानियाँ
मकवानपुर । बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले गठबन्धनका कारण महिलाले गुमाउनु परेको संवैधानिक अधिकार संविधान संशोधनमार्फत सुनिश्चित गरिने प्रतिबद्धता व्यक्त गरेका छन् । मुख्यमन्त्री बानियाँले अहिलेको संविधानले सबैको अस्तित्व स्वीकार गरेको बताए ।
नेपाली कांग्रेस मकवानपुरको आयोजनामा बिहीबार सम्पन्न तिज विशेष कार्यक्रमलाई सम्बोधन गर्दै मुख्यमन्त्री बानियाँले आफ्नो नेतृत्वको सरकार गरिब, निमुखा र आवाजविहीन जनताको पक्षमा दृढतापूर्वक उभिने बताएका छन् ।
बानियाँले प्रदेश सरकारले आर्थिक अवस्था कमजोर भएका गरिब तथा एकल महिलाका बालबच्चालाई पढाउनेदेखि गरिब परिवारका लागि आफ्नै तलबबाट घर बनाइदिनेसम्मका कार्यक्रम अघि सारेको बताए । प्रदेश सरकारले गरिबका छोराछोरीलाई डाक्टर र नर्स पढाउन छात्रवृत्तिको व्यवस्था गरिसकेको उनले बताए ।
‘संविधानले प्रमुख वा उपप्रमुखमध्ये एक महिला अनिवार्य गरे पनि गठबन्धनले गर्दा कतिपय ठाउँमा दुवै पदमा पुरुष निर्वाचित भए । यो कमजोरीलाई अब संविधान संशोधनमार्फत सच्याउनुपर्छ ।’ उनले भने, ‘पार्टी सभापति र मुख्यमन्त्रीको हैसियतले जस्तोसुकै गठबन्धन भए पनि महिलाको संवैधानिक अधिकार सुनिश्चित गर्न प्रतिबद्ध रहेको छु ।’ उनले भने, ‘जसको आर्थिक अवस्था कमजोर छ । त्यसको अभिभावक प्रदेश सरकार हुनेछ । हुनेले पढाइहाल्छन् । हुनेसँग कर लिएर नहुनेका छोराछोरी पढाउने हाम्रो जिम्मेवारी हो । म आफ्नो तलबबाट हरेक निर्वाचन क्षेत्रमा एक गरिबको घर निर्माण गर्ने अभियान सुरु गरिसकेको र दसैँअगाडि नै पहिलो घर हस्तान्तरण गर्ने तयारी गरेको छु ।’
राजनीतिलाई नाफा–नोक्सानको व्यापार नभई न्याय र सेवाको माध्यम बनाउनुपर्नेमा उनले जोड दिए । मुख्यमन्त्री बानियाँले धर्म र जातको नाममा राजनीति गर्न बन्द गरी मानवताको सिद्धान्तमा अघि बढ्नुपर्ने बताए । पार्टीभित्र पनि भ्रम र गुटबन्दीको राजनीति अन्त्य गरी एकता कायम गर्न उनले आग्रह गरे ।
प्रदेश सरकारले महिलाहरूलाई सीपमूलक काममा लागेर आत्मनिर्भर बनाउने योजनामा रहेको उनले बताए । प्रदेश सरकारले महिलाको क्षमता विकासका लागि विभिन्न जीवनोपयोगी तालिम सञ्चालन गरिरहेको उनले बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
इतर समूहका नेताहरूको एकै स्वरः गगन थापा नसच्चिए कांग्रेस फुट्छ
-
बर्थिङ सेन्टरमार्फत सुत्केरी सेवा लिने बढ्दै
-
तातो लहरको पूर्वानुमानलाई दिगो बनाइनुपर्छ
-
सहकारीद्वारा स्थानीय उत्पादनको ‘ब्राण्डिङ’
-
मानवसेवा आश्रम पुगेर गगनले आश्रितलाई खुवाए खाना, तस्बिरहरू
-
संविधान संशोधन सुझाव कार्यदल : एमालेले तथ्य र औचित्यका आधारमा प्रस्ताव तयार गर्ने
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण