हेर्दा उपेन्द्रमाथि मुद्दा लगाएजस्तो छ, त्यो मुद्दा माओवादीमाथि लगाइएको हो: प्रचण्ड
सारांश
- प्रचण्डले गौर हत्याकाण्डको फाइल खोलेर माओवादीमाथि मुद्दा लगाउन खोजेको आरोप लगाएका छन्।
- सर्वोच्च अदालतले घटनाको प्रतिवेदन सार्वजनिक गर्न र अनुसन्धान गर्न परमादेश जारी गरेको छ, जसमा उपेन्द्र यादवसहित १३० जनामाथि अनुसन्धान हुनेछ।
- प्रचण्डले कांग्रेस र एमाले माओवादीलाई सिध्याउन खोजेको र प्रतिकारका लागि तयार रहन नेता कार्यकर्तालाई निर्देशन दिए।
पोखरा । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले गौर हत्याकाण्डको फाइल खोलेर सरकारले माओवादीमाथि मुद्दा लगाउन खोजेको आरोप लगाएका छन् । गौर राइस मिलमा माओवादीको सभामा तत्कालीन मधेसी जनअधिकार फोरमका कार्यकर्ताले हमला गर्दा २७ जना मारिएका थिए । उक्त घटनाको प्रतिवेदन सार्वजनिक गर्न र आरोपीमाथि अनुसन्धान गर्न सर्वोच्च अदालतले २ दिनअघि परमादेश जारी गरेको छ । योसँगै तत्कालीन फोरमका अध्यक्ष (हालका जसपा नेपाल अध्यक्ष) उपेन्द्र यादव सहित १३० जनामाथि अनुसन्धान हुनेछ ।
उक्त फाइलको पर्दामा यादव देखिए पनि त्यो प्रहार माओवादीमाथि गरिएको प्रचण्डको दाबी छ । देशमा भएका केही घटनाहरू व्यक्ति विशेषमाथि नभई माओवादी आन्दोलनलाई नै सिध्याउने षड्यन्त्रको हिस्सा भएको दाबी उनले गरेका छन् । ‘हेर्दा कुलमानलाई फाले जस्तो, कुलमान फालेको होइन, माओवादीलाई फालेको हो । हेर्दा उपेन्द्र यादवलाई मुद्दा लागे जस्तो, उपेन्द्र यादवलाई होइन त्यो माओवादीलाई लगाएको हो,’ उनले भने, ‘जसको टाउकोको मूल्य तोकेर काटेर झोलामा ल्याऊ भनेको, त्यही टाउको आएर हामीमाथि राज गर्ने भनेपछि उनीहरूलाई सही सक्नु भएको छैन । त्यसैले उनीहरू हामीलाई सिध्याउनै पर्छ भनेर लागेका छन् ।’
अखिल नेपाल ट्रेड युनियन महासङ्घ गण्डकी प्रदेशले पोखरामा आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै प्रचण्डले काँग्रेस एमालेको प्रहारको केन्द्रबिन्दुमा माओवादी रहेको भन्दै प्रतिकारका लागि तयार रहन नेता कार्यकर्तालाई निर्देशन दिए । कांग्रेस, एमाले लगायतका प्रतिक्रान्तिकारी र प्रतिक्रियावादी दलहरू हिजोका उपलब्धिहरूलाई पनि उल्ट्याउनेतिर बल गर्दै छन् । किनकि माओवादी केन्द्रलाई नसिध्याएसम्म दलालहरूको, नोकरशाहहरुको, बिचौलियाहरूको हित हुनेवाला छैन,’ उनले अघि भने, ‘त्यस कारण उनीहरू सम्पूर्ण तागतको साथ माओवादीलाई घेरा हाल्ने, माओवादीलाई विभाजित गर्ने, माओवादीभित्र गुट, फुट सिर्जना गर्ने, मान्छेको दिमाग खराब गर्ने काम गरिरहेका छन् ।’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
विजय र स्वस्तिमा उत्कृष्ट कलाकार, निर्देशकमा मिलन चाम्स
-
अत्यधिक गर्मी बढेपछि कपिलवस्तु नगरपालिकाका विद्यालयमा तीन दिन बिदा
-
प्रदीप परियारले बजारमा ल्याए ‘सियोधागो’
-
सीटीईभीटीको उपाध्यक्ष र सदस्य सचिवमा दरखास्त आह्वान
-
भृकुटीमण्डपमा ‘फिन इलेक्ट्रो–टेक २०२६’ सुरु, अर्थमन्त्रीले गरे उद्घाटन
-
गृहले सच्यायो एसएसपी सरुवा, उपत्यका ट्राफिकमा काफ्ले
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण