तीस महिनापछि आफ्नै भवनमा उच्च अदालत
शुक्रबार, ०६ भदौ २०८२, ०७ : १४
सारांश
- उच्च अदालत पोखरा बागलुङ इजलासले बिहीबारदेखि आफ्नै भवनबाट सेवा सुरु गरेको छ।
- अदालतले ३० महिनापछि नयाँ भवनबाट सेवा दिन थालेको हो ।
- नयाँ भवनमा अभिलेख संरक्षण र सेवा प्रवाह सहज भएको रजिष्ट्रार थापाले बताए ।
बागलुङ । आफ्नै भवन नहुँदा जिल्ला अदालतको भवनबाट सेवा प्रवाह गरिरहेको उच्च अदालत पोखरा बागलुङ इजलासले बिहीबारदेखि आफ्नै भवनबाट सेवा दिन थालेको छ ।
भवन निर्माणका लागि बागलुङ बजारको रुद्रेपीपलस्थित जिल्ला अदालतबाट ३० महिनादेखि सेवा प्रवाह गरिरहेको उच्च अदातलले नयाँ भवनबाट सेवा दिन थालेको छ ।
उच्च अदालत पोखरा बागलुङ इजलासका रजिष्ट्रार रामबहादुर थापाले सुविधासम्पन्न भवनबाट सेवा प्रवाहका साथै अभिलेखहरूको संरक्षण गर्न सहज भएको बताए ।
साढे छ तलाको आपाङ्गमैत्री भवनमा ‘अण्डरग्राउड पार्किङ’सँगै न्यायाधीश आवास निर्माण गरिएको छ । भवन रु ५७ करोडमा बनेको हो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बर्गर खाएको भिडियो सार्वजनिक भएपछि ककरोच जनता पार्टीका प्रवक्ता बर्खास्त
-
तारकेश्वरबाट चोरीका सुनचाँदीका गहनासहित दुई जना पक्राउ
-
सडकको ताजा अवस्था : कतै पूर्ण बन्द, कतै एकतर्फी सञ्चालन (सूचीसहित)
-
किन किनारा लगाइए अर्थमन्त्री वाग्ले ?
-
फुटबल अर्थतन्त्रः रेस्टुरेन्टको सट्टा फुड डेलिभरी चले, एआईले टिसर्ट व्यापार खस्कियो
-
सिर्सिया नदीमा दुर्गन्धित फोहर फ्याक्ने ६ उद्योगलाई जरिवाना
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण