तीज अवार्ड : प्रकाश र मधु उत्कृष्ट कलाकार, लक्ष्मीले पाइन् ‘विशिष्ट नारी सम्मान’
सारांश
- काठमाडौँमा आयोजित 'चौथो म्युजिक खबर तीज म्युजिक अवार्ड २०८२' मा विभिन्न विधाका कलाकारहरूलाई सम्मान प्रदान गरियो।
- वरिष्ठ अभिनेत्री लक्ष्मी गिरीलाई 'विशिष्ट नारी सम्मान' र दीपाश्री निरौला, मञ्जु थापा र हरिमाया गुरुङलाई 'नारीरत्न सम्मान' प्रदान गरियो।
- प्रकाश कटुवाल र मधु रसाइलीले क्रमशः सर्वोत्कृष्ट तीज दोहोरी गायक र गायिकाको अवार्ड जिते।
काठमाडौँ । ‘चौथो म्युजिक खबर तीज म्युजिक अवार्ड २०८२’ बिहीबार बाँडिएको छ । काठमाडौँमा आयोजित एक समारोह बिच बाँडिएको अवार्डमा वरिष्ठ अभिनेत्री लक्ष्मी गिरीलाई म्युजिक खबर ‘विशिष्ट नारी सम्मान’ प्रदान गरियो । कलाकारिताको माध्यमबाट गिरीले पुर्याएको योगदानको उच्च मुल्याङकन गर्दै उनलाई यो सम्मान दिइएको हो ।
कार्यक्रममा अभिनेत्री दीपाश्री निरौला र गायिकाद्वय मञ्जु थापा र हरिमाया गुरुङले ‘नारीरत्न सम्मान प्रदान’ प्राप्त गरे । त्यस्तै राधिका अधिकारी, विनीता कुँवर क्षेत्री र सम्झना धमलाले ‘म्युजिक खबर कला सम्मान’ पाए । कार्यक्रममा सौन्दर्यकर्मी सानु थापा, निकिता पाण्डे, करुणा श्रेष्ठ, मञ्जु सिंह , गंगा पन्थ, मनुकुमारी पन्त, पूजा क्षेत्रीले समेत सम्मान प्राप्त गरे ।
संघीय सांसद रेखा यादव, चलचित्र विकास बोर्डका अध्यक्ष दिनेश डीसी, अवार्डका अध्यक्ष सबिता पोखरेल, वरिष्ठ पत्रकार शान्तिप्रिय लगायतले सम्मान प्रदान गरे ।
सर्वोत्कृष्ट तीज दोहोरी गायकको अवार्ड ‘म त माइत जाने हो’बाट प्रकाश कटुवालले र तीज दोहोरी गायिकाको अवार्ड ‘नाच्छु म बुरुक बुरुक’बाट मधु रसाइलीले हासिल गरेको कार्यक्रममा सरिता भारती, दीपक शर्मा, दीपक घिमिरे, सुजाता केसी/एलिना चौहान, विष्णु न्यौपाने, समित परियार, श्रीराम पौडेल, कुमारी रेग्मी, विन्दु पौडेल, विजय पुन, करिश्मा ढकाल, रितु तामाङ र सलिना नेपाली, शिवन पोखरेल, मुकेश नेपाली, दुर्गा पौडेल,
गीता वि.क, मञ्जु पौडेल, लक्ष्मी पुरी प्रधान, ज्योति खड्का, विष्णु भण्डारी, रेशम चौधरी, सन्जु न्यौपाने लगायतले अवार्ड प्राप्त गरेका थिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार : व्यवसायी अग्रवाल थुनामादेखि मुख्यमन्त्री बन्न केन्द्रको निर्णयको पर्खाइसम्म
-
अमेरिकी राष्ट्रपतिद्वारा हुथीहरूलाई ‘ठूलो सैन्य दण्ड’ को चेतावनी
-
आपराधिक गतिविधि बढ्दै प्रशासनद्वारा यस्तो आग्रह
-
युक्रेनका बर्खास्त गरिएका युक्रेनी पूर्व रक्षामन्त्रीलाई अर्को जिम्मेवारी सम्हाल्न राष्ट्रपतिको आग्रह, फेडोरोभद्वारा अस्वीकार
-
सुर्खेतमा ग्यास अभाव हुँदा उपभोक्ता मर्कामा
-
आर्थिक कूटनीतिमा सक्रिय भूमिका निर्वाह गर्न परराष्ट्रमन्त्री खनालको आह्वान
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण