कोटेश्वर अन्डरपास २०९० मा बनिसक्ने, यस्तो बन्नेछ नयाँ संरचना
सारांश
- कोटेश्वर अन्डरपास २०९० अगस्टमा सम्पन्न हुने लक्ष्य राखिएको छ।
- जापान सरकारको ३० अर्ब ऋण सहयोगमा बन्ने यो आयोजनाको सेप्टेम्बरमा ऋण सम्झौता हुनेछ।
- यस परियोजना अन्तर्गत तीनकुनेदेखि विमानस्थलसम्म फ्लाइओभर र सुरुङ निर्माण हुनेछ।
काठमाडौं । कोटेश्वर अन्डरपास वि.सं.२०९० मा बनिसक्ने भएको छ । सरकारले तयार गरेको समय तालिका अनुसार उक्त संरचना २०९० भदौ १५ गतेमा सम्पन्न गर्ने लक्ष्य लिइएको छ ।
जापान सरकारको झन्डै ३० अर्ब रुपैयाँ ऋण सहयोगमा निर्माण हुन लागेको उक्त आयोजनाको लागि यही सेप्टेम्बरमा ऋण सम्झौता हुनेछ ।
आगामी वर्ष चैतसम्ममा डीपीआर तथा ईआईएको लागि परामर्शदाता कम्पनीसँग सम्झौता गर्ने र एक वर्षभित्र त्यसको प्रक्रिया टुङ्ग्याउने कार्यतालिका छ ।
उक्त परियोजनाका लागि त्यसपछि निर्माण कम्पनी छनोटको ठेक्का प्रक्रिया सुरु हुनेछ । २०२८ अप्रिलमा ठेक्का सम्झौता गर्ने र त्यसको ५२ महिनामा निर्माण सम्पन्न गर्ने लक्ष्य लिइएको छ ।

यस अनुसार तीनकुनेदेखि त्रिभुवन विमानस्थलसम्म ६६४ मिटरको फ्लाइओभर बन्नेछ । विमानस्थलभित्र ७०० मिटरको सुरुङ तथा त्रिभुवन विमानस्थलदेखि जडिबुटी हुँदै मनोहरासम्म २३८ मिटरको अर्को फ्लाइओभर बन्नेछ ।

अहिले उक्त परियोजनाका लागि जापानी सहयोग नियोग जाइकाले परामर्शदाता छनोट गरी प्रारम्भिक सर्वेक्षण रिपोर्ट तयार गरेको सडक विभागले जनाएको छ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
१ प्रतिक्रिया
भर्खरै
-
त्रिवि शिक्षण अस्पतालमा बिहीबार दिउँसोको सेवा बन्द हुने
-
हिटलरको जन्मस्थल अब प्रहरी कार्यालय
-
साउदी अरबले जबरजस्ती लागु गर्यो सिप प्रमाणीकरण, डलर तिर्न म्यानपावर व्यवसायीलाई दबाब
-
पाकिस्तानले अमेरिकासँग माग्यो १० अर्ब डलर
-
राष्ट्रिय भेलाले जे निर्णय गर्छ, त्यही अनुसार अगाडि बढौँ : जीतजंग बस्नेत
-
बीपी र पुष्पलालका विचार आज पनि उत्तिकै सान्दर्भिक छन् : जनार्दन शर्मा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण