मङ्गलबार, ०५ साउन २०८३
ताजा लोकप्रिय

११ दिन लगाएर खिचियो ‘माइतीघर’को ‘वसन्त नै बस्न खोज्छ’ गीत

शुक्रबार, ०६ भदौ २०८२, ११ : १७
शुक्रबार, ०६ भदौ २०८२

सारांश

  • आगामी असोज १३ गते रिलिज हुने फिल्म 'माइतीघर'को प्रचार सुरु भएको छ।
  • फिल्मको शीर्ष गीत 'वसन्त नै बस्न खोज्छ' छायाङ्कन गर्न ५० लाख खर्च लागेको छ।
  • गीतमा उपासना सिंह ठकुरी र श्यामाश्री शेर्पाको नृत्य रहेको छ, र उत्कृष्ट भिडियोलाई ५ लाख पुरस्कार दिइनेछ।

काठमाडौँ । आगामी असोजको १३ गतेबाट रिलिजको तयारीमा रहेको फिल्म ‘माइतीघर’को प्रचार प्रसार सुरु भैसकेको छ । निर्माण पक्षले फिल्मको शीर्ष गीत ‘वसन्त नै बस्न खोज्छ ’गीत छायाङ्कन सकेको छ । 

११ दिन लगाएर गीतको छायाङ्कन गरिएको निर्माता रोहित अधिकारीले जानकारी दिए । गीतको भिडियोलाई कविराज गहतराजको कोरियोग्राफी छ । गीतको भिडियो खिच्नका लागि ५० लाख खर्च भएको निर्माता अधिकारीको भनाई छ । 

गीतमा फिल्मका मुख्य कलाकारहरू उपासना सिंह ठकुरी र श्यामाश्री शेर्पाले नृत्य गरेका छन् । गीतको भिडियोमा कोरसको जम्बो टोलीलाई नचाइएको छ । यस कारण पनि लागत बढेको निर्माण पक्षको भनाई छ । रोहित अधिकारी फिल्मस्को ब्यानरमा यो फिल्म निर्माण भएको हो ।

गीत आउँदो साता सार्वजनिक गर्ने तयारी गरिएको छ । निर्माण पक्षले यो गीतमा ४० सेकेन्डदेखि २ मिनेटसम्मको भिडियो बनाउने मध्ये एक जना उत्कृष्टलाई ५ लाख पुरस्कार दिने घोषणा समेत गरिसकेको छ । यो गीतमा भारतीय गायिका सञ्जीवनीको स्वर छ ।

मिलन तामाङको निर्देशन रहेको फिल्ममा उपासना र श्यामाश्रीको अलावा केदार प्रसाद  घिमिरे, प्रकाश सपुत, धिरज मगर, उपासना सिंह ठकुरी, श्यामाश्री शेर्पा, युवराज लामा, बुद्धि तामाङ, शिशिर वाङ्देल, रजनी गुरुङ, सन्तोष शाही, फूलकुमार बमजम, सङ्गीता थापा लगायतका कलाकारहरूको अभिनय छ ।

चन्द्रकुमार दोङको कथा, रामशरण पाठकको पटकथा तथा संवाद रहेको फिल्ममा सुशन प्रजापतिको डीओपी, सुरेन्द्र पौडेलको सम्पादन छ । रविन शेरचन र धिरज तामाङको लगानी रहेको फिल्मका कार्यकारी निर्माता ईश्वर श्रेष्ठ र नीरज कटुवाल हुन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप