नाडा अटो शोमा सीजी मेरिडिया काराओके क्यूएलईडी टिभी प्रदर्शन
शुक्रबार, ०६ भदौ २०८२, १२ : ४०
सारांश
- सीजी इलेक्ट्रोनिक्सले नाडा अटो शो २०२५ मा ५५ इन्चको सीजी मेरिडिया काराओके क्यूएलईडी टिभी प्रस्तुत गर्यो।
- घरमै कराओके अनुभव प्रदान गर्ने यो टिभी दर्शकहरुको लागि विशेष आकर्षण बन्यो।
- कम्पनीले उत्कृष्ट प्रस्तुति दिने प्रतिभालाई उपहार प्रदान गरेको छ।
काठमाडौँ । नेपालको अग्रणी इलेक्ट्रोनिक्स ब्रान्ड सीजी इलेक्ट्रोनिक्सले यस वर्षको नाडा अटो शो २०२५ मा आफ्नो नवीनतम उत्पादन सीजी मेरिडिया काराओके क्यूएलईडी टिभी (५५ इन्च) प्रदर्शनीमा प्रस्तुत गरेको छ ।
घरमै कराओकेको अनुभव दिने नेपालकै पहिलो काराओके क्यूएलईडी टिभी भएको यस टेलिभिजनलाई दर्शकहरूले अत्यधिक चासोका साथ अवलोकन गरेका छन् ।
अटोमोबाइलमै केन्द्रित प्रदर्शनीमा पहिलो पटक कुनै नेपाली इलेक्ट्रोनिक्स कम्पनीले आफ्ना उत्पादन प्रदर्शन गरेको भन्दै सीजी इलेक्ट्रोनिक्सले यसलाई ऐतिहासिक उपलब्धि बताएको छ ।
सीजीको स्टलमा स्थापना गरिएको काराओके एक्सपेरियन्स जोनमा आगन्तुकहरूले आफ्ना मनपर्ने गीतहरू गाएर प्रत्यक्ष अनुभव लिएका छन् । उत्कृष्ट प्रस्तुति दिने प्रतिभाहरूलाई कम्पनीले विशेष उपहार पनि प्रदान गरेको छ ।
प्रमुख विशेषताहरू
- ५५” QLED 4K UHD डिस्प्ले (HDR10+, Dolby Vision, Anti-Glare)
- इन्टिग्रेटेड सिनेमा साउन्डबार र Audio Drum Bass Engine
- Dual Mic Input, Vocal Effects, Karaoke Song Library
- Google TV OS, Game Mode, 120Hz Refresh Rate
- Dual-band Wi-Fi, Bluetooth 5.0, 3× HDMI, 2× USB पोर्ट
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
दोलखामा पहिरो जाँदा एक व्यक्ति बेपत्ता
-
कांग्रेसको ग्रीन रन प्रतियोगिता शुभारम्भ
-
अण्डाको मूल्य बढ्यो, कति पुग्याे प्रतिक्रेट ?
-
नखाई कति दिनसम्म बाँच्न सक्छ मान्छे ?
-
देशभरका मुख्य राजमार्गमा बाढी र पहिरोको कहर, कहाँ कहाँ छ अवरोध? (पूर्ण विवरण)
-
टेस्टोस्टेरोन कम हुँदा पुरुषहरूमा देखिने यस्ता हुन्छन् लक्षण
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण