आम सञ्चार विधेयक जबरजस्ती पास नगर्न आङ्बोको ध्यानाकर्षण
सारांश
- कोशी प्रदेशका सांसद इन्द्र आङ्बोले आम सञ्चार विधेयक सत्ता गठबन्धनले बहुमतबाट पास गरेकोमा आपत्ति जनाएका छन्।
- उनले माओवादीको असहमति र सञ्चार क्षेत्रको विरोधका बाबजुद विधेयक अघि बढाइएको भन्दै प्रश्न उठाए।
- आङ्बोले विधेयकलाई पुनः समितिमा फर्काएर सबैको सहमतिमा पारित गर्नुपर्ने माग गरेका छन्।
काठमाडौँ । प्रदेशको सञ्चार क्षेत्रलाई व्यवस्थित गर्न भन्दै सरकारले प्रदेशसभामा पेस गरेको ‘आम सञ्चार विधेयक’ सत्ता गठबन्धनले संसदीय समितिमा बहुमतका आधारमा पास गरेको भन्दै कोशी प्रदेशका सांसद इन्द्र आङ्बोले आपत्ति जनाएका छन् ।
उनका अनुसार सो विधेयकबारे माओवादीको स्पष्ट असहमति र फरक मत रहेको छ । साथै, आम सञ्चार क्षेत्रकै असहमति र विरोधका बिच विधेयक अघि बढाइएको भन्दै उनले गम्भीर प्रश्न उठाएका छन् ।
आङ्बोले भने, ‘मुख्यमन्त्रीज्यू, सभामुखज्यू, प्रमुख प्रतिपक्षी दलको असहमति र आम सञ्चार क्षेत्रको ठुलो असहमति र विरोधबिच सङ्ख्याको बलमा विधेयक पास नगर्न गम्भीर ध्यानाकर्षण गराउँछु।’
उनले प्रदेशसभामा प्रस्तुत गरिएको विधेयकलाई पुनः समितिमा फर्काएर सबै दलहरू, सञ्चार क्षेत्रका प्रतिनिधि तथा सरोकारवालाको सहमतिमा मात्र पारित गर्नुपर्ने विशेष अपिल गरेका छन् ।
यस्तो छ आङ्बोको भनाई :
प्रदेशको सञ्चार क्षेत्रलाई व्यवस्थित गर्नको निम्ति प्रदेश सरकारले पेस गरेको "आम सञ्चार विधेयक" न्याय प्रशासन तथा विधायन समितिबाट सत्ता गठबन्धनले बहुमतबाट जबरजस्ती पास गरेर आज प्रदेशमा पेस गरेको छ,विधेयकमा माओवादीको प्रस्ट असहमति र फरक मत रहेको छ
अझ आम सञ्चार क्षेत्र कै असहमति र विरोधका बिच यो विधेयक कसका निम्ति बनाइएको हो प्रश्न गम्भीर छ।
माननीय मुख्यमन्त्री ज्यु, माननीय सभामुख ज्यु, प्रमुख प्रतिपक्षी दलको असहमति र आम सञ्चार क्षेत्रको ठुलो असहमति र विरोधका बिचमा विधेयक जबरजस्ती सङ्ख्याको बलमा पास नगर्न गम्भीर ध्यानाकर्षण गराउँदछु।
प्रदेश सभामा पेस गरिएको आम सञ्चार विधेयक फेरि समितिमा फर्काएर प्रदेश सभामा प्रतिनिधित्व गर्ने सबै दलहरू, आम सञ्चार क्षेत्र र सरोकारवाला सबैको सहमतिमा पास गर्न विशेष अपिल गर्दछु ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
चेक अनादर मुद्दामा सर्वोच्चको फैसला : बाउन्स भएको चेकको रकम र ब्याज दुवै भराउनुपर्ने
-
विदेशबाट फर्किपछि माछापालनः मनग्य आम्दानी गर्दै विजयकुमार
-
गर्मी बढ्दै जाँदा ‘लू’ को उच्च जोखिम : के हुन् लक्षण र कसरी बच्ने?
-
तिला गाउँपालिमा भौतिक पूर्वाधार निर्माणमा प्रगति
-
साहित्य मानव सभ्यताको आत्मबोध गर्ने सशक्त माध्यम हो : सञ्चारमन्त्री
-
महिनावारीमा दुखाइ कम गर्ने औषधिले बाँझोपन निम्त्याउँछ ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण