बुबा आमालाई विशेष दिनमा मात्र होइन, सधैं आदर–सम्मान गर्नुपर्छ : प्रधानमन्त्री ओली
सारांश
- प्रधानमन्त्री केपी शर्मा ओलीले बुबाआमालाई सधैँ आदर गर्नुपर्ने बताएका छन्।
- बुबाको मुख हेर्ने दिनको अवसरमा शुभकामना दिँदै उनले आफ्ना बुबा ९६ वर्षको भए पनि स्वस्थ रहेको जानकारी दिए।
- ओलीले बुबासँगको कुराकानी र दिवङ्गत पितृहरूप्रति श्रद्धा व्यक्त गरे।
काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले बुबा आमालाई एउटा विशेष दिनमा मात्र नभएर सधैँ आदर–सम्मान गर्नुपर्ने बताएका छन् । बुबाको मुख हेर्ने दिनको अवसरमा शुभकामना दिँदै प्रधानमन्त्री ओलीले यस्तो बताएका हुन् ।
ओलीले भनेका छन् – 'म ४ वर्षको हुँदा आमा बित्नु भयो। उहाँको अनुहारको धमिलो सम्झना मात्र मसँग बाँकी छ। आज बुबाको मुख हेर्ने दिन भाद्र कृष्ण औँसी अर्थात् कुशे औँसी । बिहानै बुबासँग आशीर्वाद लिएँ। बुबाको मुख हेर्ने दिन, हाम्रो परम्परामा पितृ सम्मानको प्रतीकात्मक दिन हो। बुबा आमालाई एउटा विशेष दिनमा मात्र होइन, सधैँ आदर, सम्मान गर्नु पर्छ। '
ओलीले आफ्ना बुबा ९६ वर्षको भए पनि पुस्तक पढ्न अझै चस्मा लगाउनु पर्ने अवस्था नरहेको जानकारी दिए । नजिकसम्मका हिँडडुल गर्न सक्ने र कान भने अलि कम सुन्ने ओलीले बताए ।
ओलीले भने -'बुबासँग एकछिन् उतिबेलाका केही प्रसङ्गमा कुरा भए। उहाँको सुस्वास्थ्य र दीर्घायुको कामना छ। सबैका जीवित पिताहरुलाई नमन, दिवङ्गत पितृहरूलाई श्रद्धा। बुबाको मुख हेर्ने दिन सबैलाई शुभकामना!'
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
लोकसेवाको पदपूर्तिमै अंकुश लगाउने निर्णयविरुद्ध सडकमा उत्रिए विद्यार्थी
-
चिकित्सा शिक्षा आयोगको निर्देशकका लागि १२ जना सर्टलिस्टमा
-
निर्माणाधीन घरमा दुई जनाको शव फेला
-
बागमतीका कृषि मन्त्री पौडेलले भने–अब सरकारको नेतृत्व जसको संख्या पुग्छ त्यसले गर्छ
-
उर्लाबारीबाट भरुवा बन्दुक र विस्फोटक पदार्थ बरामद
-
मध्यपहाडी राजमार्गको जयराम–हलेसी खण्ड मर्मतका लागि टेन्डर आह्वान
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण