शनिबार, ०२ साउन २०८३
ताजा लोकप्रिय

गोविन्दा पत्नीले दिइन् सम्बन्ध विच्छेदको लागि निवेदन, अन्य महिलासँग सम्बन्ध राखेको आरोप

शनिबार, ०७ भदौ २०८२, ०९ : ४८
शनिबार, ०७ भदौ २०८२

सारांश

  • अभिनेता गोविन्दाकी पत्नी सुनिता आहुजाले सम्बन्ध विच्छेदको निवेदन दिएकी छिन्।
  • उनले गोविन्दामाथि अन्य महिलासँग सम्बन्ध र क्रूरताको आरोप लगाएकी छिन्।
  • गोविन्दाका साथीहरूले भने यी समाचारलाई 'अफवाह' भन्दै खारेज गरेका छन्।
00:00 / NaN:NaN
Audio By AI

मुम्बई । बलिउड अभिनेता गोविन्दाकी पत्नी सुनिता आहुजाले बान्द्रा पारिवारिक अदालतमा सम्बन्ध विच्छेदको निवेदन दिएको समाचार सार्वजनिक भएको छ।

रिपोर्टअनुसार उनले गोविन्दामाथि अन्य महिलासँग सम्बन्ध र क्रूरताको आरोप लगाउँदै हिन्दु विवाह ऐन १९५५ अन्तर्गत धारा १३(१)(i),(ia),(ib) अनुसार निवेदन दर्ता गरेकी छिन्।

मामिला मे २५ मा अदालतमा पेस भएको र त्यसयता दुवै पक्षले समाधान खोज्ने प्रयास गरिरहेको भनिएको छ। सुनिता अदालतमा उपस्थित हुँदै आएकी छन् भने गोविन्दा भने अनुपस्थित रहेको रिपोर्टमा जनाइएको छ।

तर गोविन्दाका नजिकका साथीहरू र प्रबन्धकले भने यी सबै समाचारलाई ‘अफवाह’ भन्दै खारेज गरेका छन्। गोविन्दका भतिजा तथा हास्य कलाकार कृष्ण अभिषेकले पनि दुबैबिच गहिरो सम्बन्ध रहेको भन्दै समस्या भए पनि उनीहरूले आफैँ समाधान गर्ने विश्वास व्यक्त गरेका छन्।

यसअघि पनि गोविन्दा र सुनिता सम्बन्ध विच्छेदको हल्लाका कारण चर्चामा आएका थिए। त्यसबेला पनि अभिनेता एक मराठी अभिनेत्रीसँग जोडिएको खबर आएको थियो तर दुवै पक्षले त्यसलाई अस्वीकार गरेका थिए।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप