वीरगञ्ज नाकाबाट हुने आयात र निर्यात दुवै बढ्यो
शनिबार, ०७ भदौ २०८२, १२ : १२
सारांश
- चालु आर्थिक वर्षको साउनमा वीरगञ्ज नाकाबाट ६८ अर्ब १७ करोडको वस्तु आयात भयो, जुन अघिल्लो वर्षभन्दा बढी हो।
- निर्यात पनि बढेर ८ अर्ब ४५ करोड पुग्यो, अघिल्लो वर्ष ३ अर्ब ५ करोडको मात्र निर्यात भएको थियो।
- भन्सार कार्यालयले साउन महिनामा १८ अर्ब ४४ करोड राजस्व संकलन गर्यो, जुन अघिल्लो वर्षको तुलनामा बढी हो।
पर्सा । चालु आर्थिक वर्षको पहिलो महिना साउनमा वीरगञ्ज नाकाबाट रु ६८ अर्ब १७ करोड मूल्य बराबरका वस्तु तथा सामान आयात भएका छन् ।
जुन गत आवको सोही वर्षको तुलनामा रु आठ अर्ब ११ करोडले बढी भएको वीरगञ्ज भन्सार कार्यालयले जनाएको छ । कार्यालयका अनुसार आव २०८१-८२ को साउनमा रु ६० अर्ब छ करोड बराबरको वस्तु तथा सामान आयात भएको थियो ।
चालु आर्थिक वर्षको साउनमा यो नाकाबाट हुने निर्यात बढेको छ । चालु आवको साउनमा रु आठ अर्ब ४५ करोडको सामान विभिन्न मुलुकमा निर्यात भएको छ । गत आवको साउनमा रु तीन अर्ब पाँच करोडको मात्रै सामान निर्यात भएको थियो ।
कार्यालयका अनुसार साउनमा रु १८ अर्ब ४४ करोड राजस्व सङ्कलन गरेको छ । जबकी आव २०८१-८२ को साउनमा रु १५ अर्ब ९२ करोडको राजस्व सङ्कलन भएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कृषिमन्त्री चौधरी र मधेस प्रदेशका मुख्यमन्त्री यादवबिच भेट
-
युक्रेनको बन्दरगाहमा व्यापारिक जहाजमाथि हमला, ४ भारतीयको मृत्यु
-
महिलालाई थारु परिकार बनाउने सीप
-
नेपाल–रुस दौत्य सम्बन्धको ७०औँ वर्षगाँठ मनाइयो
-
वीरगञ्जमा मुख्य सडक विस्तार अभियान पुनः सुरु
-
वार्ताका लागि मध्यस्थकर्तामार्फत् कूटनीतिक च्यानल सक्रिय : इरान
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण