३ जना मृतावस्थामा फेला
शनिबार, ०७ भदौ २०८२, १५ : ५०
सारांश
- काठमाडौंमा एक ५५ वर्षीय पुरुष मन्दिरको पेटीमा मृत फेला परे।
- काभ्रेमा ४२ वर्षीय नवराज घर्ती बाटोमा मृत अवस्थामा फेला परे।
- तनहुँको मर्स्याङ्दी नदी किनारमा अन्दाजी ३५ वर्षीय पुरुष मृत फेला परे।
काठमाडौं । विभिन्न स्थानमा तीन जना मृतावस्थामा फेला परेका छन् । नेपाल प्रहरीको केन्द्रीय प्रहरी समाचार कक्षका अनुसार काठमाडौ महानगरपालिका-२० काष्ठमण्डपस्थित मन्दिरको पेटीमा अन्दाजी ५५ वर्षीय पुरूष शुक्रबार मृत अवस्थामा फेला परेका छन् ।
यसैगरी काभ्रेको मण्डनदेउपुर नगरपालिका-३ बयलबोट बस्ने ४२ वर्षीय नवराज घर्ती पनि सोही ठाउँस्थित बाटोमा शुक्रबार मृत अवस्थामा फेला परेका छन् ।
यसैगरी तनहुँको आबुँखैरेनी गाउँपालिका-२ ढापटारस्थित मर्स्याङ्दी नदीको किनारमा अन्दाजी ३५ बर्षीय पुरूष शनिबार मृत अवस्थामा फेला परेका छन् ।
यस सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
किसानहरूले पाए केराको उचित मूल्य
-
खुला सीमा नाकालाई सुरक्षित र प्रविधिमैत्री बनाउन गृह मन्त्रालयलाई निर्देशन
-
सरकार र सिजेपी नेताबिचको वार्ता निष्कर्षविहीन
-
स्थानीय तह पुनरवलोकनलाई वैज्ञानिक र व्यावहारिक बनाउनुपर्ने
-
क्षेत्रीय बजारमा नेपाली विद्युत् विस्तार गर्न निजी क्षेत्रको सहभागिता आवश्यक : मन्त्री श्रेष्ठ
-
इन्जिनियरिङ शिक्षातर्फ विद्यार्थीको आकर्षण बढाउन सरोकारवालासँग छलफल
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण