परराष्ट्रमन्त्री राणा र भियतनामकी उपराष्ट्रपति सुआनबिच भेटवार्ता
सारांश
- भियतनामकी उपराष्ट्रपति भो थि आन सुआन नेपालको तीन दिने औपचारिक भ्रमणमा काठमाडौं आइपुगिन्।
- उपराष्ट्रपति सुआन र परराष्ट्रमन्त्री आरजु राणा देउवाबीच भेटवार्ता भयो, र उनलाई विमानस्थलमा स्वागत गरियो।
- भ्रमणको मुख्य उद्देश्य दुई देशबीचको कूटनीतिक सम्बन्धको ५० औं वार्षिकोत्सव मनाउनु हो, र यसले विशेष महत्व राख्दछ।
काठमाडौँ । परराष्ट्रमन्त्री डा. आरजु राणा देउवाले नेपाल भ्रमणमा रहेकी भियतनामकी उपराष्ट्रपति भो थि आन सुआनसँग शिष्टाचार भेटवार्ता गरेकी छिन् । सोल्टी होटलमा परराष्ट्रमन्त्री राणा र उपराष्ट्रपतिबिच भेट भएको हो ।
समाजवादी गणतन्त्र भियतनामका उपराष्ट्रपति सुआन नेपालको तीनदिने औपचारिक भ्रमणका लागि आज काठमाडौँ आइपुगेकी हुन् । उपराष्ट्रपति रामसहायप्रसाद यादवको मैत्रीपूर्ण निमन्त्रणामा उनी नेपाल भ्रमणमा आएकी छन् ।
उपराष्ट्रपति सुआनलाई आज त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अति विशिष्ट कक्षमा परराष्ट्रमन्त्री राणा र संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डेले स्वागत गरेका थिए ।
भियतनामकोतर्फबाट नेपालमा भएको यो पहिलो उच्चस्तरीय भ्रमण हो । भ्रमणका क्रममा उपराष्ट्रपति यादव र उनका समकक्षी सुआनबिच भदौ ८ गते काठमाडौँमा प्रतिनिधिमण्डस्तरीय द्विपक्षीय वार्ता हुनेछ । उपराष्ट्रपति सुआनले भ्रमणका क्रममा राष्ट्रपति रामचन्द्र पौडेल र प्रधानमन्त्री केपी शर्मा ओलीसँग छुट्टाछुट्टै शिष्टाचार भेटवार्ता गर्ने कार्यक्रम छ ।
यो वर्ष नेपाल र भियतनामबिच कूटनीतिक सम्बन्ध स्थापना भएको ५०औँ वर्षगाँठसमेत परेकाले यस भ्रमणलाई विशेष महत्वका साथ हेरिएको छ । उपराष्ट्रपति सुआन भ्रमण सम्पन्न गरी भदौ ९ गते स्वदेश फिर्ता हुने तालिका छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
राजधानीको कीर्तिपुरमा कारमा एक्कासि आगो लाग्यो, चालकको मृत्यु
-
रक्षा आपूर्ति शृङ्खला मजबुत बनाउन ट्रम्पको नयाँ आदेश, घरेलु उत्पादनमा जोड
-
आगामी दुई दिन भारी वर्षाको सम्भावना छैन: मौसम विभाग
-
ज्येष्ठ नागरिकका लागि छुट्टै अन्तर्राष्ट्रिय महासन्धि बनाउँदै संयुक्त राष्ट्रसंघ, नेपाली मुद्दा समेट्न दबाब
-
कोरियन भाषा परीक्षाका लागि आवेदन खुला
-
अर्जेन्टिनी टोलीलाई स्वदेशमा भव्य स्वागत, मेस्सी अनुपस्थित
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण