आज विधायन समितिको बैठक बस्दै
सारांश
- आज संघीय संसदको विधायन व्यवस्थापन समितिले 'राष्ट्रिय विज्ञान प्रयोगशाला (स्थापना र सञ्चालन) विधेयक, २०८१' माथि छलफल गर्नेछ।
- विधेयक २०८१ पुस २३ गते राष्ट्रिय सभामा दर्ता भएको थियो, जसमा प्रयोगशाला स्थापना र सञ्चालनको विस्तृत व्यवस्था छ।
- विधेयकमा वैज्ञानिक विधि र प्रविधिको प्रयोग गरी जैविक र निर्जीव वस्तुहरूको परीक्षण गर्ने प्रावधान राखिएको छ।
काठमाडौँ। सङ्घीय संसद् अन्तर्गतको विधायन व्यवस्थापन समितिको बैठक आज बस्दै छ। बिहान ११ः३० बजे बस्ने बैठकमा ‘राष्ट्रिय विज्ञान प्रयोगशाला (स्थापना र सञ्चालन) विधेयक, २०८१’ माथि दफावार छलफल गर्ने कार्यसूची रहेको छ ।
यो विधेयक २०८१ पुस २३ गते राष्ट्रियसभामा दर्ता गरिएको थियो। २०८१ फागुन ४ गते यसबारे सामान्य छलफल सम्पन्न भइ सोही दिन विधायन समितिमा दफावार छलफलका लागि पठाइएको थियो।
जैविक वा निर्जीव वस्तु, प्रमाण, कुनै लिखत, मालसामान, भौतिक वस्तु तथा विद्युतीय सामग्री वा अनुसन्धानसँग सम्बन्धित राष्ट्रिय विधि विज्ञान प्रयोगशालामा परीक्षणका लागि प्राप्त वस्तुलाई वैज्ञानिक विधि र पद्धतिको प्रयोगद्वारा प्रमाणको सङ्कलन गर्न प्रयोगशाला स्थापना गरिनेछ ।
विधेयकमा प्रयोगशालाको स्थापना र अधिकार, सञ्चालक समितिको गठन, परीक्षणसम्बन्धी नियम, कार्यकारी निर्देशक र कर्मचारी व्यवस्थापन, साथै कोष, लेखा र लेखापरीक्षण सम्बन्धी विस्तृत व्यवस्था प्रस्ताव गरिएको छ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मधेस प्रदेश सरकारद्वारा सिरहा र सप्तरीका एक हजार २०१ परिवारलाई आवास निर्माण
-
सलिना मृत्यु प्रकरण : ४ जनाविरुद्ध ज्यान सम्बन्धी कसुरमा अनुसन्धान
-
माइतीघर डुबानपछि कारणसहितको प्रतिवेदन पेस गर्न महानगरको निर्देशन
-
काठमाडौँ महानगरपालिकाको आन्तरिक आय उत्साहजनक
-
संरचना हटाउन बिर्तामोड नगरपालिकाको पुनः ताकेता
-
वीपी स्मृति दिवस देशभर विविध कार्यक्रम गरी मनाइँदै
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण