अपडेट
रौतहटमा गएराति फेला परेको शङ्कास्पद सुटकेसभित्र महिलाको शव फेला
आइतबार, ०८ भदौ २०८२, ०७ : ५४
सारांश
- रौतहटमा शंकास्पद सुटकेसभित्र एक महिलाको शव फेला परेको छ।
- गौर-सिरसिया सडकखण्डमा फेला परेको सुटकेस रसीले बाँधिएको थियो।
- प्रहरीले महिलाको हत्या गरी सुटकेसमा राखिएको हुनसक्ने अनुमान गरेको छ।
रौतहट । रौतहटमा शनिबार राति फेला परेको शङ्कास्पद सुटकेसभित्र महिलाको शव फेला परेको छ।
रौतहटको गौर–सिरसिया सडकखण्ड अन्तर्गत मुडवलबा मोड नजिक शनिबार राति १०:३० बजे शङ्कास्पद सुटकेस फेला परेको थियो।
प्रहरीका अनुसार रसीले बाँधिएको अवस्थामा फेला परेको सो सुटकेसभित्र महिलाको शव रहेको देखिएको हो। महिलाको हत्या गरी सुटकेसमा हालिएको हुन सक्ने प्रहरीहरूको अनुमान छ ।
थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बढुवा भएका एसपी ध्रुव श्रेष्ठको लुम्बिनी प्रदेशमा काज सरुवा
-
विद्युतीय सवारी साधन नियन्त्रण : छानबिन टोली मुस्ताङमा
-
तरकारी र दूधमा मानव स्वास्थ्यमा असर पार्ने विषादी
-
नेपालमा मनसुन आउन एक साता लाग्ने
-
१० बजे १० समाचार : रविको ‘विकास कूटनीति’देखि प्रधानमन्त्री मौनसम्म
-
प्रहरीको प्राविधिक तर्फका ४ जना इन्स्पेक्टरको सरुवा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण