कोइकाले पोखरामा थप्यो २ परियोजना
सारांश
- पोखरा महानगरपालिका र कोइकाबीच दुई परियोजनामा सम्झौता भएको छ, जसमा गण्डकी प्राविधिक संस्थान स्थापना समावेश छ।
- कोइकाले गण्डकी प्राविधिक संस्थानका लागि ९ मिलियन डलर र फलफूल तथा तरकारी परियोजनाका लागि १० मिलियन डलर लगानी गर्नेछ।
- कोइकाले पोखरामा जलन अस्पताल निर्माणको प्रतिबद्धता जनाएको छ, र नेपालको विकासमा २०० मिलियन डलर लगानी गरिसकेको छ।
पोखरा । पोखरा महानगरपालिका र कोरिया अन्तर्राष्ट्रिय सहयोग एजेन्सी (कोइका) बिच थप दुई परियोजनामा सम्झौता भएको छ । कोइकाले नेपालमा आफ्नो विकास साझेदारीको तीन दशक पुरा गरेको अवसरमा उक्त सम्झौता गरिएको हो । गण्डकी प्राविधिक संस्थान स्थापना सम्बन्धी सम्झौता सहित थप दुई वटा परियोजनाको सम्झौता भएको मेयर धनराज आचार्यले जानकारी दिए ।
उनका अनुसार करिब ९ मिलियन अमेरिकी डलरको गण्डकी प्राविधिक संस्थान स्थापना सम्बन्धी महत्त्वपूर्ण सम्झौता भएको छ । यस्तै, १० मिलियन डलरको फलफूल तथा तरकारी परियोजनाको मूल्यश्रृंखला विकास सम्बन्धी सम्झौता गरिएको हो । प्राविधिक संस्थान सन् २०३० सम्म सञ्चालन हुनेछ । कोइकाले निकट भविष्यमै पोखरामा जलन अस्पताल निर्माणको प्रतिबद्धता जनाएको छ ।
‘कोइकाले यस अस्पताल निर्माणका लागि प्रतिबद्धता जनाएको छ । यो हाम्रो लागि अवसर हो,’ मेयर आचार्यले भने । पोखरामा अहिले कोइकाकै सहयोगमा ग्रिन भेन्चर जोन निर्माण परियोजना चलिरहेको छ । पोखरामा हरित रोजगारी सृजना गर्ने उद्देश्यले यो परियोजना सञ्चालन भएको हो । मेयर आचार्यले कोइकाले नेपालको समग्र विकास प्रक्रियामा महत्त्वपूर्ण सहयोग पुर्याएको बताए ।
सन् १९९१ देखि दक्षिण कोरियाली सरकारले कोइका मार्फत नेपालमा स्वास्थ्य, शिक्षा, कृषि, प्राविधिक तालिम, ग्रामीण विकास, सूचना प्रविधि र पर्यटन जस्ता क्षेत्रमा सहयोग गर्दै आएको छ । कोइकाले नेपालको विकासमा हालसम्म २०० मिलियन अमेरिकी डलर लगानी गरिसकेको जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
वन तथा वातावरण मन्त्रालयको ८२ प्रतिशत प्रगति
-
१० बजे १० समाचार : विभाजनको बाटोमा कांग्रेस, सहकार्यको प्रयासमा ओली-प्रचण्ड
-
हर्मुज तनावसँगै तेल बजार प्रभावित
-
दुई महिनादेखि फोहर नउठ्दा शिवगञ्ज बजारमा समस्या
-
अव्यवस्थित बसोबासीलाई जग्गाधनी प्रमाण पुर्जा वितरण गरिँदै
-
संघको सिकोः गण्डकीमा पनि स्वकीय सचिव लिने तयारी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण