भारतसँग व्यापार घाटा सुधार, नाका ठप्प हुँदा पनि चीनसँग बढ्यो कारोबार
सारांश
- आर्थिक वर्ष २०८२/८३ को पहिलो महिनामा नेपालको व्यापार घाटा ८६ वटा देशसँग भएको छ।
- भारतसँगको व्यापार घाटा घटेको छ, तर चीनसँग व्यापार बढेको छ।
- कुल व्यापार घाटा २.५५ प्रतिशतले बढेको छ, तर निर्यातमा उल्लेख्य सुधार आएको छ।
काठमाडौँ । चालु आर्थिक वर्ष २०८२/८३ को पहिलो महिनामा नेपालको ८६ वटा मुलुकसँग देशको व्यापार घाटा भएको छ । भन्सार विभागले सार्वजनिक गरेको तथ्याङ्कले कुल १११ वटा मुलुकसँग व्यापार भएकोमा जम्मा २५ वटा मुलुकसँग मात्रै व्यापार नाफामा रहेको पाइएको हो ।
अघिल्लो वर्षको सोही अवधिमा १०३ वटा मुलुकसँग व्यापार भएकोमा ९० वटासँग व्यापार घाटा भएको थियो । १३ वटा मुलुकसँग मात्रै व्यापार नाफामा थियो ।
कुल घाटभएका मुलुकमध्ये सबैभन्दा धेरै घाटा भारतसँग रहेको छ । दोस्रोमा चीनसँग तेस्रोमा अर्जेन्टिना र चौथोमा कतारसँग व्यापार घाटा भएको छ । यस्तै यूएई, इन्डोनेसिया, अमेरिकालगायत छन् ।
यसमध्ये भारतसँग ६४ अर्ब ८ करोड बराबर रुपैयाँले नेपालको व्यापार घाटा छ । यस्तै चीनसँग २७ अर्ब ९४ करोड रुपैयाँ, अर्जेन्टिनासँग ९ अर्ब १२ करोड, कतारसँग २ अर्ब ४६ करोड, युएईसँग १ अर्ब ८३ करोड, इन्डोनेसियासँग१ अर्ब ८२ करोडले घाटामा रहेको तथ्याङ्कमा उल्लेख छ ।
भारतसँग व्यापारघाट घट्यो
नेपालको सबैभन्दा बढी व्यापार हुने र व्यापार घाटा हुने मुलुकमध्ये पहिलो हो भारत । २०८२ साउनमा भारतसँग कुल १ खर्ब २ अर्ब ९९ करोड १९ लाख ६६ हजार रुपैयाँको व्यापार भएको छ । यसमध्ये ८३ अर्ब ५३ करोड ९९ लाख १६ हजार रुपैयाँको आयात भएको छभने १९ अर्ब ४५ करोड २० लाख ५० हजार रुपैयाँको निर्यात भएको छ ।
व्यापारघाटा ६४ अर्ब ८करोड ७८ लाख ६६ हजार रुपैयाँले भारतसँग व्यापार घाटा भएको छ ।
अघिल्लो वर्षको यसै अवधिमा भारतसँग ८५ अर्ब २६ करोड १९ लाख ९२ हजार रुपैयाँको कुल व्यापार भएको थियो । यसमध्ये भारतबाट ७७ अर्ब ६८ करोड ३१ लाख ४ हजार रुपैयाँको वस्तु आयात भएको थियोभने ७ अर्ब ५७ करोड ८८ लाख ८८ हजार रुपैयाँको निर्यात भएको थियो । यसअनुसार व्यापारघाटा ७० अर्ब १० करोड ४२ लाख १६ हजार रुपैयाँ रहेको थियो ।
यसअनुसार अघिल्लो वर्षको तुलनामा चालु वर्ष भारतसँगको कुल व्यापार १७ अर्ब ७३ करोडले बढेको छ । व्यापारघाटाभने ६ अर्बभन्दा बढीले घटेको छ ।
खाने तेल निर्यात हुँदा भारतसँगको व्यापारघाटा घटेको तथ्याङ्कले देखाएको छ । १२ अर्ब ३१ करोड ५० लाख ७५ हजार रुपैयाँको खाने तेल निर्यात भएको छ । यसमध्ये १० अर्ब ६९ करोड ५८ लाख ४० हजार रुपैयाँको भटमासको तेल मात्रै निर्यात भएको छ ।
नाका ठप्प हुँदा पनि चीनसँग व्यापार बढ्यो
नेपालको वैदेशिक व्यापार धेरै हुने दोस्रो मुलुक हो चीन । अघिल्लो वर्षको तुलनामा चालु आर्थिक वर्षको पहिलो महिनामा चीनसँगको व्यापार बढेको छ । बाढी पहिरोका कारण चीनसँगको व्यापार हुने प्रमुख नाका ठप्प हुँदा पनि व्यापार भने बढेको भन्सार विभागको तथ्याङ्कले देखाएको छ ।
गत असार २४ गते चीनतिरबाट आएको बाढीले रसुवागढी नाका बन्द भएको छ । दोस्रो नाका तातोपानी पनि पटक–पटक अवरुद्ध हुँदै आएको छ । तर पनि चीनसँगको व्यापार बढेको विभागले जनाएको छ ।
चालु आर्थिक वर्षको साउनमा १ खर्ब ४३ अर्बको सामान आयात भएको छ । गत आर्थिक वर्षको पहिलो साउन महिनामा १ खर्ब २८ अर्ब ३७ करोड बराबरको सामान आयात भएको थियो । यसरी गत वर्षको सोही समयसँग तुलनामा गर्दा ११.४२ प्रतिशतले आयातमा वृद्धि भएको छ ।
विभागकाअनुसार आर्थिक वर्ष २०८२/८३ को साउन महिनामा कुल २८ अर्ब ५ करोड ८ लाख ७३ हजार रुपैयाँको चीनसँग व्यापार भएको छ । यसमध्ये २७ अर्ब ९९ करोड ६० लाख ४८ हजार रुपैयाँको आयात भएको छभने ५ करोड ४८ लाख २५ हजार रुपैयाँको निर्यात भएको छ ।
जसअनुसार चीनसँगको व्यापार घाटा २७ अर्ब ९४ करोड १२ लाख २३ हजार रुपैयाँ रहेको छ । अघिल्लो वर्ष २०८१/८२ को यसै अवधिमा चीनसँग कुल २४ अर्ब ७० करोड १५ हजार रुपैयाँको कुल व्यापार भएको थियो । यसमध्ये २४ अर्ब ५४ करोड २३ लाख ८१ हजार रुपैयाँ बराबरको आयात भएको थियो भने १५ करोड ७६ लाख ३५ हजार रुपैयाँको निर्यात भएको थियो ।
साथै गत वर्ष २४ अर्ब ३८ करोड ४७ लाख ४६ हजार रुपैयाँ बराबर व्यापार घाटा भएको विभागको तथ्याङ्कमा उल्लेख छ ।
२.५५ प्रतिशतले बढ्यो कुल व्यापार घाटा
भन्सार विभागका अनुसार चालु वर्षको पहिलो महिनामा निर्यातमा उल्लेख्य सुधार भए पनि आयातको आकार ठुलो भएकाले देशको व्यापार घाटा भने बढेको छ । गत वर्षको पहिलो महिनामा ११६ अर्ब १५ करोड रुपैयाँ रहेको व्यापार घाटा यस वर्ष २.५५ प्रतिशतले बढेर ११९ अर्ब १० करोड ८२ लाख रुपैयाँ पुगेको छ ।
गत वर्षको तुलनामा चालु वर्षमा आयात ११.४२ ले वृद्धि हुँदा निर्यात ९५.७५ प्रतिशतले वृद्धि भएको छ ।
चालु आर्थिक वर्षको साउनमा १ खर्ब ४३ अर्बको सामान आयात भएको छ । गत आर्थिक वर्षको पहिलो साउन महिनामा १ खर्ब २८ अर्ब ३७ करोड बराबरको सामान आयात भएको थियो । यसरी गत वर्षको सोही समयसँग तुलनामा गर्दा ११.४२ प्रतिशतले आयातमा वृद्धि भएको छ ।
चालु आर्थिक वर्षको साउनमा २३ अर्ब ९३ करोड रुपैयाँ बराबरको वस्तु निर्यात भएको छ । गत आर्थिक वर्षको सोही अवधिमा पहिलो साउनमा १२ अर्ब २२ करोड रुपैयाँको सामान निर्यात भएको थियो ।
राजस्व सङ्कलन पनि बढ्यो
भन्सार विन्दुबाट एक महिनामै ३६ अर्ब ८१ करोड बराबर राजस्व सङ्कलन भएको छ । भन्सार विभागले सार्वजनिक गरेको तथ्यांकअनुसार २०८२ साउन महिनामा मात्रै ३६ अर्ब ८१ करोड ४१ लाख ८३ हजार रुपैयाँ बराबर राजस्व सङ्कलन भएको हो । अघिल्लो आर्थिक वर्षमा ३४ अर्ब ६९ करोड ७९ लाख ४८ हजार रुपैयाँ बराबर राजस्व सङ्कलन भएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
ट्राफिक कारबाहीमा एकैदिन २० लाख ८४ हजार राजस्व सङ्कलन
-
यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य
-
सातामा दुई दिन सार्वजनिक बिदा : सरकारी अस्पतालले कसरी गर्दैछन् बिरामी व्यवस्थापन ?
-
परराष्ट्रमन्त्री खनाल आज भारत भ्रमणमा जाँदै
-
मत्स्य स्रोत संरक्षणका लागि विश्व समुदायको ध्यानाकर्षण
-
विश्वकपअघि फ्रान्सलाई आइभरी कोस्टको झड्का, अमाद डियालोले दिलाए २–१ को जित
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण