मकवानपुरका स्थानीय तहका सशर्त अनुदानतर्फको बजेट फिर्ता
सारांश
- मकवानपुरका स्थानीय तहहरूले आर्थिक वर्ष २०८१/८२ मा सशर्त अनुदानतर्फ खर्च गर्न नसकेको ३२ करोड २२ लाख फिर्ता गरेका छन्।
- कोष तथा लेखा नियन्त्रण कार्यालयका अनुसार जिल्लाका १० वटै स्थानीय तहहरूले रकम फिर्ता गरेका हुन्।
- बागमती प्रदेश सरकारले आव २०८१/८२ मा खर्च गर्न नसकेको ४२ करोड फिर्ता गरेको छ।
मकवानपुर । मकवानपुरका स्थानीय तहहरूले आर्थिक वर्ष २०८१–८२ मा सशर्त अनुदानतर्फ खर्च गर्न नसकेको रु ३२ करोड २२ लाख फिर्ता गरेका छन् ।
कोष तथा लेखा नियन्त्रण कार्यालयका अनुसार जिल्लाका १० वटै स्थानीय तहहरूले आव २०८१–८२ मा खर्च गर्न नसकेको सो रकम फिर्ता गरेको हो । आव २०८१–८२ मा सशर्त अनुदानतर्फ रु दुई अर्ब ९४ करोड, वित्तीय समानीकरण अनुदानतर्फ रु एक अर्ब १२ करोड ३४ लाख, समपूरक अनुदानतर्फ रु पाँच करोड ५७ लाख र विशेष अनुदानतर्फ रु तीन करोड ५० लाख भुक्तानी गरिएकामा खर्च गर्न नसकेर रु ३२ करोड २२ लाख फिर्ता आएको हेटौँडाका कोष तथा लेखा नियन्त्रण कार्यालय प्रमुख दिनेश रेग्मीले जानकारी दिए।
विभिन्न कारणले स्थानीय तहहरूले समयमा कार्यक्रम गर्न नसक्नु, समयमा योजना सफल गर्न नसक्नुलगायत कारणले सशर्त अनुदानतर्फको बजेट फिर्ता भएको प्रमुख रेग्मीले बताए ।
त्यसैगरी, बागमती प्रदेश सरकारले आव २०८१–८२ मा खर्च गर्न नसकेको रु ४२ करोड फिर्ता भएको प्रमुख रेग्मीले बताए । बागमती प्रदेश सरकारलाई आव २०८१र८२ मा रु ११ अर्ब ९६ करोड बजेट भुक्तानी दिए पनि रु ११ अर्ब ४७ करोडमात्र खर्च गर्न सकेकाले रु ४९ करोड रकम फिर्ता भएको प्रमुख रेग्मीको भनाइ छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सत्ताका लागि बीपीको मेलमिलाप नीति मिचियो, अब गाली होइन विवेकको राजनीति गरौँ : भीष्मराज आङ्देम्बे
-
सर्वोच्चको परमादेशः काठमाडौँको फोहोर व्यवस्थापनमा गर्न मुख्यसचिवको नेतृत्वमा समिति गठन गर्नू
-
नेप्सेमा १४.१७ अंकको वृद्धि, ४ अर्ब ६९ करोडको कारोबार
-
रिहापछि पहिलोपटक सार्वजनिक कार्यक्रममा देखिए विष्णु पौडेल
-
धनगढीबाट डा. गोविन्द केसीले थाले अनसन
-
आस्थालाई अभ्यासमा बदल्न नसक्दा कांग्रेस पछि पर्याे, राजनीतिमा कोही पनि निर्विकल्प छैन : प्राध्यापक खनाल
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण