अशोक सिलवालको ‘एभरेस्ट’ लाङटाङमा सार्वजनिक
सारांश
- लेखक अशोक सिलवालको पुस्तक 'एभरेस्ट' लाङटाङमा सार्वजनिक भयो।
- 'एभरेस्ट' पुस्तकमा सगरमाथा यात्रा र विभिन्न व्यक्तिका संवेदना समेटिएको छ।
- यो पुस्तक सिलवालको पाँचौं कृति हो, जसमा प्रकृति र प्रेमको कथा छ।
काठमाडौँ । लेखक तथा लाङटाङ सद्भावना दूत अशोक सिलवालको ‘एभरेस्ट’ लाङटाङमा सार्वजनिक भएको छ ।
‘एन अनफिनिस्ड स्टोरी’ सबटाइटल रहेको सिलवालकृत ‘एभरेस्ट’लाई स्थानीयहरुसहित गोसाईंकुन्ड गाउँपालिका–४ (लाङटाङ)का अध्यक्ष डिन्डु जाङ्वाले लाङटाङ क्षेत्रको झन्डै ४ हजार मिटर उचाइमा रहेको अन्तिम गाउँ क्यान्जीङमा सार्वजनिक गरेका हुन् ।
‘यो प्रकृति र प्रेमको यात्रा हो । संसारकै शीर सगरमाथाको यात्रा भए पनि यो भुईंतिरको यात्रा हो’, सिलवालले भने, ‘यो यात्रा वृतान्तमात्र होइन, मनमा जेनिफर र भूगोलमा जुलीसँगको सगरमाथा सम्वाद हो । बीचबीचमा आउने भरिया भाई, दाँत फुक्लेका बुढाजस्ता अनेक हिमालयबासी र संसारका अनेक देशबाट सगरमाथा आएका अनेक यात्रीका संवेदनाहरुको दस्तावेज पनि हो ।’
‘एभरेस्ट’ सिलवालको पाँचौं पुस्तक हो । सिलवालका यसअघि पत्रकारितालाई चिरफार गरिएको ‘कलम’, साहित्यका अन्तरकुन्तर खोतलिएको ‘लेखक दुनियाँ’, यात्राका तीतामीठा समेटिएको ‘श्रीलंका स्मृति’ र अध्यात्मकेन्द्रित कैलाश किताब ‘अप्प दीपो भवः’ प्रकाशित छन् ।
पर्यटन प्रशिक्षकसमेत रहेका स्वतन्त्र पत्रकार सिलवाल डकुमेन्ट्री निर्देशक पनि हुन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सलिना मृत्यु प्रकरण : ४ जनाविरुद्ध ज्यान सम्बन्धी कसुरमा अनुसन्धान
-
माइतीघर डुबानपछि कारणसहितको प्रतिवेदन पेस गर्न महानगरको निर्देशन
-
काठमाडौँ महानगरपालिकाको आन्तरिक आय उत्साहजनक
-
संरचना हटाउन बिर्तामोड नगरपालिकाको पुनः ताकेता
-
वीपी स्मृति दिवस देशभर विविध कार्यक्रम गरी मनाइँदै
-
सवारी चालक अनुमतिपत्रको छपाई तथा वितरण प्रदेशबाटै हुनेगरी तयारी गरिँदै
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण