मेलानिया ट्रम्पलाई पत्र लेखेर एर्दोगानकी श्रीमती एमिनेले के भनिन् ?
सारांश
- टर्कीकी प्रथम महिला एमिन एर्दोगानले मेलानिया ट्रम्पलाई गाजाका बालबालिकाको दुर्दशाबारे इजरायली प्रधानमन्त्रीलाई आग्रह गर्न पत्र लेखिन्।
- एमिनेले युक्रेनका बालबालिकाको लागि देखाएको संवेदनशीलता गाजाका लागि पनि देखाउन आग्रह गरिन्।
- गाजामा अनिकालको अवस्थाबारेको रिपोर्टपछि इजरायलमाथि थप सहायता पठाउन दबाब बढेको छ।
अंकारा । टर्कीका राष्ट्रपति रेसेप तैयप एर्दोगानकी श्रीमती एवम् देशकी प्रथम महिला एमिने एर्दोगानले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पकी श्रीमती मेलानिया ट्रम्पलाई पत्र लेखेकी छिन् । यस पत्रमा उनले मेलानियालाई इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहूलाई सम्पर्क गर्न र गाजामा बालबालिकाको दुर्दशाको मुद्दा उठाउन आग्रह गरेकी छिन् ।
अंकाराका अधिकारीहरूले शनिबार यो जानकारी दिएको भन्दै बीबीसीले समाचार छापेको छ । मेलानियाले यस महिनाको सुरुमा युक्रेन र रुसका बालबालिकाबारे रुसी राष्ट्रपति भ्लादिमिर पुटिनलाई पत्र पठाउँदा आफू प्रेरित भएको पत्रमा एमिनेले लेखेकी छिन् ।
उनले भनिन्– ‘म विश्वस्त छु कि तपाईंले ६४८ युक्रेनी बालबालिकाको लागि देखाएको संवेदनशीलता गाजाको लागि पनि देखाइनेछ ।’ टर्कीको राष्ट्रपति कार्यालयबाट जारी गरिएको यो पत्रको अहिलेसम्म ह्वाइट हाउसले जवाफ दिएको छैन ।
‘आजकल, जब संसार सामूहिक चेतनामा छ र प्यालेस्टाइनको मान्यता विश्वव्यापी चाहना बनेको छ, मलाई विश्वास छ कि गाजाको तर्फबाट तपाईंको आह्वानले प्यालेस्टिनी जनताप्रतिको ऐतिहासिक जिम्मेवारी पूरा गर्नेछ’ पत्रमा अझ अगाडि एमिनेले लेखेकी छिन् ।
विश्वव्यापी भोकमरी अनुगमन गर्ने एउटा संस्थाले शुक्रबार गाजा सहर र वरपरका क्षेत्रहरू आधिकारिक रूपमा अनिकालको चपेटामा परेको र आगामी समयमा यो अवस्था अझ खराब हुन सक्ने भनेको थियो । यो रिपोर्टपछि इजरायलमाथि प्यालेस्टिनी क्षेत्रहरूमा थप सहायता पठाउन दबाब बढेको छ । तर इजरायली प्रधानमन्त्री नेतान्याहूले उक्त रिपोर्टलाई ‘स्पष्ट झूट भनेर खारेज गरेका छन् । इजरायलको नीति ‘भोकमरी रोक्ने हो, भोकमरी सिर्जना गर्ने होइन’ उनले भनेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अस्ट्रेलियामा दुर्लभ समान चम्ल्याहा छोरीको जन्म
-
म्याराथनको टिसर्टमा खुम्चिएका बीपी : फेसन कि समाजवाद ?
-
विपक्षी दलहरूले विपद् व्यवस्थापनबारे राष्ट्रियसभामा गृहमन्त्रीको ध्यानाकर्षण प्रस्ताव दर्ता गर्दै
-
एक खर्ब निक्षेप सङ्कलन गर्दै केन्द्रीय बैंक
-
प्रहरी कर्मचारीलाई ट्राफिक नियन्त्रण तालिम
-
कांग्रेसले घोषणा गर्यो कल्याण कोष
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण