गौशाला प्रहरी वृत्तको थुनामा रहेका आरोपीमाथि निर्घात कुटपिट
सारांश
- काठमाडौँको गौशाला प्रहरी वृत्तको हिरासतमा एक थुनुवामाथि कुटपिट भएको छ।
- प्रहरी जवान मदन भण्डारीले धादिङका अनिल बिसंखेलाई कुटपिट गरेको आरोप लागेको छ ।
- हिरासतमा कुटपिटबाट बिसंखेको गालाको हड्डी भाँचिएको र उपचार खर्च ४ लाख लाग्ने बताइएको छ।
काठमाडौँ । काठमाडौँको प्रहरी वृत्त गौशालाको हिरासतमा रहेका थुनुवामाथि कुटपिट भएको छ । थुनामा रहेका अनिल बिसंखेलाई अनुसन्धानमा संलग्न प्रहरी कर्मचारीले कुटपिट गरेका हुन् ।
धादिङ घर भएका बिसंखे एकजना पूर्वसैनिक अधिकृतको घरमा ल्यापटप लगायतका ग्याजेट चोरेको आरोपमा पक्राउ परेका थिए । अनुसन्धानको क्रममा सादा पोसाकमा कार्यरत प्रहरी जवान मदन भण्डारीले उनलाई कुटपिट गरेको आरोपीको परिवारका एकजना सदस्यले रातोपाटीलाई बताए । कुटपिटमा संलग्न प्रहरी जवान भण्डारी ५ वर्षदेखि गौशाला प्रहरी वृत्तमा कार्यरत छन् ।
कुटपिटबाट आरोपीको बायाँ गालाको माथिल्लो भागको हड्डी फुटेको छ । चेकजाँच गराउँदा ४ लाख उपचार खर्च लाग्छ भनेर अस्पतालले भनेको पीडित पक्षको भनाइ छ ।
यसबारे बुझ्दा प्रहरी वृत्त गौशालाका डीएसपी सुकदेव खनालले आरोपीमाथि कुटपिट भएको अस्वीकार गरे । उनले भने, ‘त्यो नामुद चोर हो, थुनुवाहरूलाई नियमित मेडिकल चेकअप गराएर नै थुनामा राख्ने गरिएको छ ।’
हिरासतमा राख्दा थुनुवाको मानवअधिकारको सम्मान गर्नुपर्ने र कुटपिट गर्न नहुने प्रहरी आचारसंहितामा उल्लेख भएपनि कतिपय प्रहरी अधिकृतहरूले आचार संहिता उल्लङ्घन गर्ने गरेका छन् । प्रहरी कर्मचारीहरूले अनुसन्धानको नाममा यातना दिँदा यसअघि थुनुवाको मृत्यु समेत भएको घटना बाहिरिने गरेका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
१ प्रतिक्रिया
भर्खरै
-
देशभर मनसुनी वायुको प्रभाव, आज यी चार प्रदेशमा भारी वर्षाको सम्भावना
-
कस्तो रहला तपाईँको आजको दिन ? हेर्नुहोस् राशिफल
-
धान रोपाइँमा हराए गोरु र राँगा, बढ्यो ट्याक्टर र पावर टिलरको प्रयोग
-
सुदूरपश्चिम चलचित्रकर्मी सङ्घ गठन
-
काठमाडौँ उपत्यकामा दुर्घटना १९ प्रतिशतले घट्यो
-
महाकालीमा जलस्तर घटेपछि बनबासा पुलमा यातायात सञ्चालन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण