नाडा अटो शो : पाँच दिनमा करिब एक लाख ५० हजारले गरे अवलोकन
सारांश
- नाडा अटोमोवाइल्स एसोसिएसन अफ नेपालले आयोजना गरेको नाडा अटो शो २०२५ मा दर्शकको उल्लेख्य सहभागिता रह्यो।
- शनिवारसम्म १ लाख ४९ हजार ८८१ दर्शकले अटो शोको अवलोकन गरेको नाडाले जनाएको छ।
- महासचिवका अनुसार अटो शोमा उड्ने कार आकर्षणको केन्द्र बन्यो।
काठमाडौँ । नाडा अटोमोवाइल्स एसोसिएसन अफ नेपालले आयोजना गरेको नाडा अटो शो २०२५ ले यसपटक ऐतिहासिक उपलब्धि हासिल गरेको छ । १७ औँ संस्करणको अटो शो सुरु भएको पाँचौँ दिन शनिवारसम्म १ लाख ४९ हजार ८८१ दर्शकले अवलोकन गरेको नाडाले जानकारी दिएको छ ।
नाडाका महासचिव सुरेन्द्र उप्रेतीका अनुसार अटो शो सुरु भएको पाँचौँ दिन शनिबारसम्म करिब १ लाख ५० हजारले अवलोकन गरेको बताए । उनले नाडा अटो शोमा याे अहिलेसम्मकै ऐतिहासिक उपलब्धि भएको बताए । उप्रेतीले पाँचौँ दिनसम्मको तथ्याङ्कले आम जनता नवीन प्रविधिहरूसँगै अटो शोप्रति धेरै चासो र जिज्ञासा राख्छन् भन्ने प्रस्ट भएको बताए ।
नाडा अटो शोमा अवलोकनको उत्साहजनक सहभागिता हुनु उड्ने कार आकर्षणको केन्द्र भएको महासचिव उप्रेतीले बताए । नाडा अटो शोमा नेपालका प्रायः सब क्षेत्रका विशिष्ट व्यक्तिहरूले प्रदर्शनीको अवलोकन गरेका छन् । हरेक दिन विशिष्ट व्यक्तिहरूले प्रदर्शनीको अवलोकन गरेका छन् ।
नाडा अटो शो प्रदर्शनी मात्र होइन, यो नवप्रवर्तन, उद्यमशीलता र भविष्य–तयारीको राष्ट्रिय उत्सव भएको नाडाले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
राष्ट्रिय परिचयपत्रसम्बन्धी सेवा बिहानदेखि साँझसम्मै
-
मेस्सी उत्कृष्ट खेलाडी घोषित
-
कङ्गोमा इबोला प्रकोप तीव्र, मृत्यु हुनेको सङ्ख्या ९९९ पुग्यो
-
न्यायपालिकाको पाँचौं रणनीतिक योजनामा भदौ २४ को विध्वंसको धक्का
-
एमआरपी अनिवार्य गर्ने निर्णयबाट फेरि पछि हट्यो सरकार, बजारमा भने कडाइ
-
शहिद गङ्गालाल हृदय केन्द्रद्वारा बालबालिकाको मुटु शल्यक्रिया सहायता रकम परिमार्जन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण