‘सिकागोमा नेशनल गार्ड तैनाथ गर्ने ट्रम्पको योजना शक्तिको दुरुपयोग’
सारांश
- अमेरिकी राष्ट्रपति ट्रम्पले सिकागोमा नेशनल गार्ड तैनाथ गर्ने योजना बनाएका छन्, जसलाई इलिनोइजका गभर्नरले शक्तिको दुरुपयोग भनेका छन्।
- सिकागोका मेयर ब्रान्डन जोनसनले नेशनल गार्ड तैनाथ गर्ने योजनाबारे आफूलाई जानकारी नभएको बताएका छन् र यस कदमप्रति चासो व्यक्त गरेका छन्।
- ट्रम्पले यसअघि वासिङ्टन डीसी र न्यूयोर्कमा पनि नेशनल गार्ड पठाउने घोषणा गरेका थिए, जहाँ डेमोक्रेटिक पार्टीको सरकार छ।
वासिङ्टन डीसी । अमेरिकाको सिकागोमा नेशनल गार्ड तैनाथ गर्ने अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको योजना शक्तिको दुरुपयोग भएको इलिनोइज राज्यका गभर्नरले बताएका छन् ।
नेशनल गार्ड नै पठाउनु पर्नेगरी सिकागोमा कुनै सङ्कटकाल नभएको राज्यका डेमोक्रेटिक गभर्नर जेबी प्रिट्जकरले एउटा विज्ञप्तिमा उल्लेख गरेका छन् । ट्रम्पले राजधानी वासिङ्टन डीसीमा करिब २ हजार नेशनल गार्ड तैनाथ गरेका छन् । यहाँ पनि विपक्षी डेमोक्रेटिक दलको सरकार छ ।
अपराध नियन्त्रण गर्न भन्दै ट्रम्पले भटाभट अमेरिकी शहरहरूमा नेशनल गार्ड खटाइरहेका छन् । शुक्रबार ट्रम्पले सिकागो र न्यूयोर्कमा पनि यस्तै खालको नीति कार्यान्वयन गर्ने घोषणा गरेका थिए ।
न्यूयोर्कमा पनि डेमोक्रेटिक पार्टीकै सरकार छ । सिकागोका मेयर ब्रान्डन जोनसनले पनि ट्रम्पको बयानमा प्रतिक्रिया दिएका छन् । आफूले सिकागोमा नेशनल गार्ड तैनाथ गर्नेबारे कुनै सूचना नपाएको एउटा विज्ञप्तिमा उनले भनेका थिए ।
सहरमा नेशनल गार्ड तैनाथ गर्ने कुनै पनि योजनामा नगर सरकारको गम्भीर चासो भएको उनले बताए । राष्ट्रपतिको योजना नगरसँग संयोजन नै नगरी अनि नगरलाई जानकारी नै नदिईकन आएको अनि यो अनुचित भएको पनि जोनसनले बताए । अवैध तरिकाले सेना तैनाथ गर्दा स्थानीय बासिन्दा र कानुन कार्यान्वयन गराउने निकायबिच तनावको स्थिति उत्पन्न हुन सक्ने जोनसनको भनाइ छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमय दर
-
आज हरिशयनी एकादशी: तुलसीको बिरुवा सारिँदै
-
शनिबार यी राशिहरूका लागि शुभ, हेर्नुहोस् राशिफल
-
दाङमा ट्राफिक प्रहरीद्वारा १ करोड ५० लाख भन्दा बढी राजश्व सङ्कलन
-
आन्तरिक राजस्व कार्यालय विराटनगरद्वारा रु १० अर्ब राजस्व सङ्कलन
-
झापामा नयाँ कारागार भवन निर्माण गर्न डिपिआर तयार गरिँदै
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण