सुदूरपश्चिममा काम गर्नेको तलब सबैभन्दा धेरै, कुन प्रदेशमा कति ?
सारांश
- सुदूरपश्चिममा काम गर्नेको पारिश्रमिक आर्थिक वर्ष २०८१/८२ मा ७.४४ प्रतिशतले बढेको छ।
- लुम्बिनी प्रदेशमा ३.७२ प्रतिशत, कर्णालीमा ३.०९ प्रतिशत, गण्डकीमा २.७४ प्रतिशत तलब बढेको छ।
- सबै प्रदेशको औसत तलब वृद्धि दर २.६३ प्रतिशत रहेको छ, जसमा बाग्मतीमा सबैभन्दा धेरै तलब भुक्तानी हुन्छ।
काठमाडौँ । सुदूरपश्चिममा काम गर्नेको पारिश्रमिक (तलब तथा ज्याला) सबैभन्दा धेरैले बढेको छ । नेपाल राष्ट्र बैंकको तथ्यांकअनुसार आर्थिक वर्ष २०८१/८२ मा सो प्रदेशमा काम गर्नेको यस्तो आम्दानी ७.४४ प्रतिशतले बढेको हो । अरू प्रदेशमा यस्तो वृद्धि ४ प्रतिशत भन्दा पनि कम छ ।
तथ्यांक अनुसार लुम्बिनी प्रदेशमा ३.७२ प्रतिशत, कर्णालीमा ३.०९ प्रतिशत, गण्डकीमा २.७४ प्रतिशत तलब तथा ज्यालामा वृद्धि भएको छ । त्यस्तै, मधेसमा २.१४ प्रतिशत, बाग्मतीमा १.९८ प्रतिशत बढ्दा कोशीमा जम्मा १.२३ प्रतिशतले तलब तथा ज्याला वृद्धि भएको राष्ट्र बैंकले जनाएको छ ।
सबै प्रदेशको समेत गर्दा औसत तलब वृद्धि दर २.६३ प्रतिशत रहेको छ । अहिले देशभर भुक्तानी हुने तलब तथा ज्यालामध्ये बाग्मती प्रदेशमा मात्रै ३१.८९ प्रतिशत भुक्तानी हुन्छ । मधेसमा १५.९९, कोशीमा १५.५९, लुम्बिनीमा १५.६८, गण्डकीमा ९.८८ र कर्णालीमा ४.७१ प्रतिशत खर्च हुने गरेको राष्ट्र बैंक सर्वेक्षण छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
न्यून चापीय प्रणाली र स्थानीय वायुको प्रभाव : आज सातै प्रदेशमा वर्षाको सम्भावना
-
विभेदरहित समाज नै समृद्ध नेपाल निर्माणको आधार हो: उपराष्ट्रपति
-
बिहीबार यस्ताे छ विदेशी मुद्राको विनिमय दर
-
राष्ट्रपति पौडेलद्वारा जातीय भेदभाव तथा छुवाछूत उन्मूलन राष्ट्रिय दिवसको शुभकामना
-
वडा कार्यालय र स्वास्थ्य चौकी भवन शिलान्यास
-
समयमै काम नगर्ने निर्माण व्यवसायीको ठेक्का सम्झौता रद्द
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण