ला लिगा
ला लिगामा भिल्लारियलको शानदार जित, गिरोना ५-० ले पराजित
सोमबार, ०९ भदौ २०८२, ०१ : ५३
सारांश
- भिल्लारियलले गिरोनालाई ५:० गोलले पराजित गर्यो, जसमा बुकाननले ह्याट्रिक गरे।
- खेलको सुरुवातमै अग्रता लिएको भिल्लारियलले उत्कृष्ट प्रदर्शन गर्यो, पेपे र मारिनले पनि गोल गरे।
- जितसँगै भिल्लारियलले लिगमा ६ अंक जोडेको छ र आफ्नो स्थिति सुदृढ पारेको छ।
काठमाडौँ । स्पेनिस लिग (ला लिगा) अन्तर्गत नेपाली समय अनुसार आइतबार सम्पन्न खेलमा भिल्लारियलले शानदार प्रदर्शन गर्दै गिरोनालाई ५:० को फराकिलो अन्तरले पराजित गरेको छ।
खेलको सुरुवातमै आक्रमक देखिएको भिल्लारियलले ७औँ मिनेटमा अग्रता लियो। पहिलो गोल निकोलास पेपेले गरेका थिए। त्यसपछि २५औँ मिनेटमा राफा मारिनले अर्को गोल थप्दै टोलीको अग्रता दोब्बर बनाए।
आजको खेलमा ताजोन बुकानन उत्कृष्ट प्रदर्शनका कारण खेलको मुख्य आकर्षण बने। उनले १६औँ, २८औँ र ६४औँ मिनेटमा गोल गर्दै ह्याट्रिक पूरा गरे र भिल्लारियललाई ठुलो अन्तरको जित दिलाए।
आजको जितसँगै भिल्लारियलले तीन अङ्क जोडेको छ र दुई खेलपछि कुल ६ अङ्कसहित तालिकामा आफ्नो स्थिति मजबुत बनाएको छ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
इरानी आणविक केन्द्रलाई निशाना बनाउने ट्रम्पको चेतावनी
-
नेतान्याहुलाई पक्राउ गर्ने अधिकार न्युयोर्कलाई छैन, सङ्घीय सरकारले आवश्यक कदम चालोस् : ममदानी
-
बर्ड फ्लुका बारेमा भ्रम र तथ्य
-
चेक बाउन्स कानुन : वास्तविक कारोबारको खोजी कहिले ?
-
फ्रान्समा १५ वर्षमुनि बालबालिकालाई सामाजिक सञ्जालमा प्रतिबन्ध
-
बिपी र कान्तिलोकपथमा राति सवारी चलाउन नपाइने
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण