ला लिगा
ला लिगामा रियल मड्रिडको लगातार दोस्रो जित, ओभिएदो ३-० ले पराजित
सोमबार, ०९ भदौ २०८२, ०३ : २८
सारांश
- रियल मड्रिडले ओभिएदोविरुद्ध ३-० को जित हासिल गर्यो।
- किलियन एम्बाप्पेले दुई गोल गरे भने भिनिसियस जुनियरले एक गोल थपे।
- जितसँगै रियल मड्रिडले ६ अङ्क जोडेर बार्सिलोना र भिल्लारियलसँग अंक बराबरी गर्यो।
काठमाडौँ। स्पेनिस ला लिगामा रियल मड्रिडले ओभिएदोविरुद्ध ३-० को सहज जित हात पारेको छ।
नेपाली समय अनुसार सोमबार सम्पन्न खेलमा स्टार स्ट्राइकर किलियन एम्बाप्पेको उत्कृष्ट प्रदर्शनले रियललाई लगातार दोस्रो जित हात पारेको हो ।
खेलमा किलियन एम्बाप्पेले दुई गोल गरे भने इन्जुरी समयमा भिनिसियस जुनियरले थप एक गोल गर्दै जित सुनिश्चित गरे।
एम्बाप्पेले पहिलो गोल पहिलो खेलको ३७ औँ मिनेटमा गरेका थिए दोस्रो गोल उनले ८१औँ मिनेटमा थपे। त्यसपछि इन्जुरी समयमा भिनिसियसले तेस्रो गोल गर्दै स्कोरलाई ३–० बनाए।
यो जितसँगै रियल मड्रिडले लगातार दुई खेल जित्दै ६ अङ्क जोडेको छ र बार्सिलोना तथा भिल्लारियलसँग अङ्क बराबरीमा पुगेको छ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पहिराेले अवरुद्ध चितवन तर्फको सडक खुल्यो, धादिङतर्फ अझै अवरुद्ध
-
बर्नहम बन्दै छन् बेलायतका नयाँ प्रधानमन्त्री : यस्तो छ सत्ता हस्तान्तरण प्रक्रिया
-
कर्णालीको अति दुर्गम समुदायमा हिमालय आँखा अस्पतालको सेवा विस्तार : एक वर्षमा १७ हजारभन्दा बढी सेवा
-
शुक्लाफाँटा निकुञ्जमा च्याउ खोज्न गएका ३ जनाको सकुशल उद्धार, १४ जना अझै बेपत्ता
-
साउनको पहिलो सोमबार गोकर्णेश्वर मन्दिरमा भक्तजनको घुइँचो
-
बसपार्कको गेस्ट हाउसमा २५ वर्षीया युवतीको शव फेला, हत्या आशङ्का
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण