एकीकृत समाजवादी गठनको चार वर्ष : विद्रोहको औचित्य पुष्टि भएको दाबी
सारांश
- एकीकृत समाजवादीले पार्टी स्थापनाको चौथो वर्षगाँठ मनाउँदैछ र देशभर कार्यक्रम गर्दैछ।
- पार्टीले 'आजको सन्दर्भमा नेपाली विशेषताको समाजवाद' विषयक विचार गोष्ठी आयोजना गरेको छ।
- पार्टी प्रचार विभागका उपप्रमुख अर्यालले विद्रोहको औचित्य पुष्टि भएको दाबी गरे।
काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टी (एकीकृत समाजवादी) ले पार्टी स्थापनाको चौथो वर्षगाँठ मनाउँदै छ । यसै अवसरमा सो पार्टीले आज देशैभर विचार गोष्ठी, वृक्षारोपण लगायतका विभिन्न कार्यक्रम गर्ने जनाएको छ । पार्टी स्थापना दिवसका अवसरमा पार्टी केन्द्रले भने केन्द्रीय कार्यालयमा विचार गोष्ठीको आयोजना गरेको छ ।
अध्यक्ष कुमार नेपालको प्रमुख आतिथ्यमा हुने चौथो पार्टी पुनर्गठन दिवसका सन्दर्भमा ‘आजको सन्दर्भमा नेपाली विशेषताको समाजवाद’ विषयक विचार गोष्ठीको आयोजना गरेको पार्टी प्रचार विभाग उपप्रमुख दामोदर अर्यालले जानकारी दिए । २०७८ साल भदौ ९ गते एमालेबाट विद्रोह गर्दै नेता नेपालले नयाँ पार्टी गठन गरेका थिए । एमालेसँग विद्रोह गरेपछि एक महाधिवेशन गरेको सो पार्टीले ७७ वटै जिल्लामा जिल्ला कमिटी गठन गरेर ५० भन्दा बढी जिल्लामा जिल्ला अधिवेशन सम्पन्न गरिसेको छ ।
त्यस्तै सात प्रदेशको अधिवेशन गर्दै साङ्गठनिक संरचना निर्माण गरेको एकीकृत समाजवादीले जनाएको छ । तत्कालीन एमाले अध्यक्ष केपी शर्मा ओलीले संसद् विघटन गरेपछि नेपाल नेतृत्वमा अलग पार्टी गठन भएको थियो । एमालेसँगको विद्रोहमा नेता झलनाथ खनाल, रामकुमारी झाँक्री लगायतले साथ दिएका थिए । तर पछिल्लो समय नेता खनालले चार वर्षसम्म पनि विद्रोहको औचित्य पुष्टि हुन नसकेको भन्दै असन्तुष्टि व्यक्त गर्ने गरेका छन् ।

तर प्रचार विभाग उपप्रमुख अर्याल विद्रोहको औचित्य पुष्टि भएकैले अहिले एकीकृत समाजवादीमा आकर्षण बढेको दाबी गर्छन् । ‘हामीले त्यस वेला संविधानको रक्षाका लागि विद्रोह गरेको हो र त्यो पुष्टि पनि भैसकेको छ’, अर्यालले भने, ‘हाम्रा संगठन बढ्दै गएका छन्, त्यसले पनि विद्रोह जायज छ भन्ने देखाएको छ ।’
नेता अर्यालले चार वर्षअघि आफूहरूले गरेको विद्रोहमा सहभागी नभएकाहरू पनि अहिले एमालेमा विद्रोहको तयारीमा रहेको बताए ।
‘एमालेभित्र अहिले फेरि अर्को समूह विद्रोहको तयारीमा छ । हिजो हाम्रो विद्रोहमा सहभागी नभएका एमाले नेता कार्यकर्ताहरू पनि विद्रोह ठिक थियो,अर्को विद्रोहको तयारीमा छन्,’ अर्यालले रातोपाटीसँग भने,‘त्यो विद्रोह ठिक रहेछ भनेर एमालेभित्रै अहिले जनमत बढ्नु भनेको हाम्रा लागि सकारात्मक पक्ष हो ।’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नागरिकमा चर्को असन्तुष्टि छ, सम्बोधन नभए विस्फोट हुन्छ : गगन थापा
-
भक्तपुरमा विश्वकप फुटबलको फाइनल हेर्ने क्रममा कुटाकुट, एक जनाको मृत्यु
-
बालेनले घोषणा गरेको शिक्षा र स्वास्थ्यको कर फिर्ता गर्ने के छ प्रक्रिया ?
-
ऋण असुलीबाट दुई समस्याग्रस्त सहकारीका १२५ जना बचतकर्ताको रकम फिर्ता
-
नितेश तिवारीको ‘रामायण’मा अनुपम खेरको इन्ट्री
-
शिक्षामन्त्रीसँग अमेरिकी कार्यवाहक राजदूतको शिष्टाचार भेटवार्ता
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण