भारतमाथि ट्यारिफ लगाएको विषयमा यसो भन्छ अमेरिका
सारांश
- अमेरिकी उपराष्ट्रपति जेडी भान्सले भारतबाट आउने सामानमाथि थप भन्सार महसुल लगाउनुपर्ने बताए।
- उनले रुसलाई तेल बेचेर धनी हुनबाट रोक्न भारतमाथि कर लगाउनुपर्ने उल्लेख गरे।
- ट्रम्पले युद्ध रोक्न रुसमाथि बाइडेनले भन्दा बढी आर्थिक दबाब दिएको भान्सको भनाइ छ।
वासिङ्टन डीसी । अमेरिकी उपराष्ट्रपति जेडी भान्सले एक अन्तर्वार्तामा भारतबाट आउने सामानमाथि अमेरिकी भन्सारमा लगाइएको अतिरिक्त भन्सार महसुल (ट्यारिफ) को उल्लेख गरेका छन् । भारतमाथि थप कर लगाएर रुसमाथि कडा आर्थिक दबाब परेको उनको भनाइ छ ।
‘राष्ट्रपतिले कडा आर्थिक दबाब दिएका छन् । उदाहरणका लागि, भारतमाथि सेकेन्डरी ट्यारिफ पनि लगाउनु छ ताकि रुस आफ्नो तेल बेचेर धनी नबनोस्’ उपराष्ट्रपति जेडी भान्सले एनबीसी न्यूजलाई भनेका छन् ।
रुसले हत्या र युद्ध बन्द गर्यो भने यसलाई विश्वव्यापी अर्थतन्त्रमा पुनः समावेश गर्न सकिन्छ भनेर ट्रम्पले बताएको पनि भान्सले अन्तरवार्तामा उल्लेख गरेका थिए । ‘तर यदि रुसले यसलाई रोकेन भने एक्लै रहनुपर्नेछ । राष्ट्रपति ट्रम्पले यो युद्ध रोक्न रुसमाथि यति धेरै आर्थिक दबाब दिएका छन्, जति बाइडेनले तीन वर्षमा गरेका थिएनन्’ जेडी भान्सले भने ।
यस महिना अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले भारतबाट आउने सामानमाथि २५ प्रतिशत ट्यारिफ लगाएका थिए । भारतले युक्रेन विरुद्धको युद्धमा रुसलाई तेल र हतियार खरिद गरेर सहयोग गरिरहेको भन्दै भारतमाथि ट्रम्पले अर्को २५ प्रतिशत ट्यारिफ लगाए । यो नयाँ ट्यारिफ अगस्ट २७ देखि लागू हुनेछ ।
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण