तस्बिरमा हेर्नुहोस् राजधानीको जमल, भोटाहिटी र सुन्धारा क्षेत्रको बेहाल फुटपाथ
सारांश
- काठमाडौँका फुटपाथहरू अतिक्रमणमा परेका छन् र हिँड्न असुरक्षित छन्।
- विद्युत् प्राधिकरणले फुटपाथ ओगटेर सामग्री राख्दा पैदलयात्रीलाई समस्या भएको छ।
- भत्काइएका फुटपाथ मर्मत नहुँदा यात्रुहरू जोखिमपूर्ण यात्रा गर्न बाध्य छन्।
काठमाडौँ । काठमाडौँका फुटपाथ जताततै अतिक्रमित छन् । भएका फुटपाथ पनि हिँड्नलाई असुरक्षित छन् ।
दृष्टि भएकाहरूलाई समेत असहज फुटपाथमा दृष्टिविहीनलाई हिँड्न त्राहीत्राही छ । फुटपाथमा हिँड्न पाइला पाइलामा अवरोध छन् । अपूरो निर्माण र खाल्डाखुल्डीले गर्दा कतिबेला दुर्घटना हुने ठेगान छैन ।
नेपाल विद्युत् प्राधिकरणले अहिले काठमाडौँमा विद्युतीय तार भूमिगत गर्ने काम गरिरहेको छ । प्राधिकरणले फुटपाथ नै कब्जा गरेर आफ्ना उपकरण तथा निर्माण सामग्री राखेको देखिन्छ । यसले गर्दा फुटपाथमा हिँड्न समस्या छ । साथै कतिपय ठाउँमा ढुङ्गा बिछ्याउन फुटपाथ भत्काइएको छ ।
हतारमा भत्काउने तर बनाउन समय लगाउने भएकाले राजधानीबासी धराप फुटपाथमा जोखिमपूर्ण यात्रा गर्न बाध्य छन् । कतिपय ठाउँमा फुटपाथमै सवारीसाधन पार्किङ गरिँदा पनि पैदल यात्रुलाई हिँड्न समस्या भएको छ । तस्बिरमा राजधानीको जमल, भोटाहिटी र सुन्धारा क्षेत्रको फुटपाथको अवस्था ।
_uVesPNo4XG.jpg)
_FtypPwm5y3.jpg)
_zoV6wWKxd0.jpg)
_4x2hcm8McZ.jpg)
_gjndrsYOzo.jpg)
_pPPCVeyN8r.jpg)
_7Az0iL5geh.jpg)
_zHXNt1a03c.jpg)
_ASO88tf8vX.jpg)
_kuQeXTr39G.jpg)
_Fn6CmNkYXJ.jpg)
_A9nwqdff0B.jpg)
_I5GrYXGjn6.jpg)
_NBRcs6etPJ.jpg)
_j2AxK2koue.jpg)

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मनसुन अवधिभर विशेष सावधानी अपनाउन प्राधिकरणको आग्रह
-
‘ग्रे लिस्ट’बाट हटाउन सबैको संयुक्त प्रयास आवश्यकः महालेखापरीक्षक राया
-
खैरो हेरोइनसहित दुई महिला पक्राउ
-
बिल बिजक नराख्नेलाई विभागको जरिवाना
-
१२ बजे १२ समाचार: बालेन सरकारको कूटनीतिमाथि विपक्षीको प्रश्न, कोशीमा मुख्यमन्त्री बन्न दौडधुप
-
इरानमाथि पुनः नाकाबन्दी लागू गरेयता ९ जहाजको मार्ग परिवर्तन गराइएको अमेरिकी सेनाको दाबी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण