बिहीबार, २१ जेठ २०८३
ताजा लोकप्रिय

समस्याग्रस्त सहकारी सञ्चालकको सम्पत्तिबाट बचतकर्ताको बचत फिर्ता गर्नुपर्छ : सचिव श्रेष्ठ

सोमबार, ०९ भदौ २०८२, १३ : ०२
सोमबार, ०९ भदौ २०८२

सारांश

  • माओवादी केन्द्रका सचिव गंगानारायण श्रेष्ठले सहकारीका सञ्चालकहरूको सम्पत्ति छानबिन गरी बचतकर्ताको रकम फिर्ता गर्नुपर्ने बताए।
  • उनले सरकार सहकारी क्षेत्रलाई प्राथमिकता नदिएको र संकटग्रस्त सहकारीलाई नयाँ जीवन दिनुपर्ने बताए।
  • श्रेष्ठले समाजवाद स्थानीय तहबाट निर्माण गर्नुपर्ने र गाउँको पैसा गाउँमै राख्नुपर्ने कुरामा जोड दिए।

काठमाडौँ । नेकपा(माओवादी केन्द्र)का सचिव गंगानारायण श्रेष्ठले समस्याग्रस्त बनेका सहकारीका सञ्चालकहरूको सम्पत्ति खोजबिन गरेर बचतकर्ताको रकम फिर्ता गर्नुपर्ने बताएका छन् । 

उनले सञ्चालकको सम्पत्ति र सहकारीहरूको भौतिक सम्पत्तिको छानबिन गरेर लगानी डुब्दै गरेका पीडितहरूलाई दिनुपर्ने बताएका हुन् । लगानी डुबेका बचतकर्ताहरुको समस्याप्रति सरकार गम्भीर नभएको उनको भनाइ छ ।

सोमबार जिल्ला सहकारी संघ लिमिटेड सिन्धुलीको २३ औं वार्षिक साधारण सभा तथा स्थापना दिवसलाई सम्बोधन गर्दै उनले सरकारले सहकारी क्षेत्रलाई संविधानको मर्म अनुरूप प्राथमिकतामा नराखेको कारण सहकारी क्षेत्र कमजोर भएको बताए । उनले सङ्कटग्रस्त सहकारीका हजारौं सदस्यहरूको अर्बौं रुपैयाँ जोखिममा परेको कारण सहकारी संस्थाको विश्वासीयतामा ह्रास आएको बताए । सरकारले संकटग्रस्त सहकारी क्षेत्रलाई पुनः नयाँ जीवन दिएर आम नागरिकमा सहकारीप्रति आशा र भरोसा जगाउनुपर्ने र सहकारी क्षेत्रलाई समाजवाद निर्माणको मेरुदण्ड बनाउनुपर्ने कुरामा जोड दिएका दिए ।

सचिव श्रेष्ठले समाजवाद स्थानीय तहदेखि निर्माण गर्दै गए मात्रै समाजवादको लक्ष्यमा पुग्न सकिने बताए । गाउँको पैसा गाउँमै अड्याउँदै र बाहिरबाट सकेसम्म पैसा भित्र्याउँदै गएपछि मात्रै समाजवाद बन्दै बन्दै जाने उनको भनाइ छ । त्यसका लागि समुदायले आफ्नो ज्ञान, सिप र प्रबिधिमार्फत प्राकृतिक श्रोतको भरपुर उपयोग गर्न पाउनुपर्ने उनले बताए ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप