कागजात नपुगे लाइसेन्स परीक्षा दिन नपाइने
सारांश
- नेपाल स्वास्थ्य व्यवसायी परिषद्ले लाइसेन्स परीक्षाको लागि अपुग कागजात पेस गर्न सूचना जारी गरेको छ।
- भदौ १६ गतेभित्र कागजात नबुझाए परीक्षामा सहभागी नगराइने चेतावनी दिइएको छ।
- परिषद्को वेबसाइटमार्फत आवश्यक कागजात अपलोड गर्नुपर्नेछ।
काठमाडौँ । नेपाल स्वास्थ्य व्यवसायी परिषद्ले पाँचौँ नाम दर्ता प्रमाणपत्र (लाइसेन्स) परीक्षाका लागि आवेदन दिएका परीक्षार्थीहरूलाई आफ्ना अपुग कागजातहरू तुरुन्त पेस गर्न जरुरी सूचना जारी गरेको छ ।
परिषद्ले सोमबार सूचना जारी गरी भदौ १६ गते बेलुका ५ बजेभित्र आवश्यक कागजातहरू अनलाइन प्रोफाइलमा अपलोड नगर्ने उम्मेदवारहरूलाई परीक्षामा सहभागी नगराइने चेतावनी दिएको छ ।
परिषद्को आधिकारिक वेबसाइट nhpc.gov.np मार्फत लाइसेन्स परीक्षाका लागि नयाँ दर्ता र पुनः परीक्षामा सामेल हुन आवेदन दिएका केही उम्मेदवारहरूको कागजात अपुग रहेको पाइएको सूचनामा उल्लेख गरिएको छ ।
सूचनामार्फत सम्बन्धित व्यक्तिको प्रोफाइलमा परिषद्ले बारम्बार सूचना पठाएर जानकारी गराउँदा पनि हालसम्म कागजातहरू अपलोड नभएको परिषद्ले जनाएको छ ।
‘अपुग कागजात भएका परीक्षार्थीहरूले मिति २०८२ साल भाद्र १६ गते बेलुका ५ः०० बजे भित्र आ–आफ्नो प्रोफाइलमा परिषद्बाट माग गरिएका कागजातहरू अपलोड गरिसक्नुहुन जानकारी गराइन्छ । अन्यथा उक्त मितिभित्र कागजातहरू अपलोड नभएको खण्डमा परिषद्बाट सञ्चालन हुने परीक्षामा सहभागी गराउन परिषद् असमर्थ रहनेछ,’ सूचनामा उल्लेख छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
दुई महिनादेखि फोहर नउठ्दा शिवगञ्ज बजारमा समस्या
-
अव्यवस्थित बसोबासीलाई जग्गाधनी प्रमाण पुर्जा वितरण गरिँदै
-
संघको सिकोः गण्डकीमा पनि स्वकीय सचिव लिने तयारी
-
पूर्वी अफगानिस्तानमा बाढीबाट ४० भन्दा बढीको मृत्यु
-
सुदूरपश्चिम विश्वविद्यालयका डिनको गाडी चोर्ने आरोपी काठमाडौँबाट पक्राउ
-
पेपर लिक प्रकरणमा राजनीति नगर्न जेपी नड्डाको चेतावनी, आन्दोलनकारीसँग वार्ताको ढोका खुला
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण