समाजमा फैलिएको नकारात्मकता अन्त्य गर्न युवाको भूमिका महत्त्वपूर्ण : राधिका शाक्य
काठमाडौँ । नेकपा एमालेका अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीकी धर्मपत्नी राधिका शाक्यले नेपालका सबै मानिसले राजनीति गर्न नहुने बताएकी छन् । सबैका रुची अलग अलग भएकोले आफ्नो रुची अनुसारको काम गर्नु उपयुक्त हुने उनको सुझाव छ ।
राष्ट्रिय युवा सङ्घ नेपालले सोमबार आयोजना गरेको तिज विशेष कार्यक्रमलाई सम्बोधन गर्दै राधिकाले राजनीतिमामा सफल मान्छेलाई मात्र सफल मान्ने समाजको मानसिकताले धेरै मानिसलाई राजनीतितिर आउन प्रेरित गरेको बताइन् ।
‘पोलिटिक्समा सफल भएको मान्छे मात्र सफल ठानिँदो रहेछ' उनले भनिन्, ‘अरू क्षेत्रमा सक्सेस भएको सक्सेस भएको होइन कि भन्ने ठान्ने हाम्रो समाज र हाम्रो मानसिकता छ, तर त्यस्तो होइन ।’
एमालेका अध्यक्ष ओलीकी धर्मपत्नीले युवा सङ्घले समाजमा रहेको विकृति र विसङ्गतिका विरुद्ध अभियान सञ्चालन गर्नुपर्ने बताइन् । समाजमा फैलिएका नकारात्मकतालाई अन्त्य गर्न पनि युवा सङ्घको भूमिका महत्त्वपूर्ण हुने उनले बताइन् ।
‘समाजमा असङ्ख्य रूपमा फैलिरहेका नकारात्मकता र एकले अर्काको खुट्टा तान्ने प्रवृत्ति छ’ राधिकाले भनिन्, ‘कसैले प्रगति गरेको हेर्न नचाहने इर्ष्या र डाहा गर्ने प्रचलन बढेको छ । यो समाजको उन्नतिका लागि राम्रो होइन ।’
युवा भनेको वर्तमान र भविष्य समेत भएकोले उनीहरुले सचेत र विवेकशील भएर काम गरे भने देशलाई पनि योगदान हुने उनको भनाइ छ ।
‘तपाईंहरु आजको वर्तमान र भोलीको भविष्य हो । तपाईंहरु राम्रो बाटोमा लाग्नु भयो भने हाम्रो भविष्य पनि राम्रो हुन्छ । वर्तमान पनि राम्रो हुन्छ’ प्रधानमन्त्री ओलीकी धर्मपत्नी राधिकाले भनिन्, ‘तपाईंहरु बिग्रनु भयो ,बरालिनु भयो भने हाम्रो वर्तमान राम्रो हुदैन,हाम्रो भविष्य पनि राम्रो हुदैन ।’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रथम मेयर कप फुटबल प्रतियोगिताको उपाधि सुर्खेतलाई
-
विदेश पठाउने नाममा २९ लाख ठगी गर्ने दुई जना पक्राउ
-
सचिव पुष्कर नियन्त्रण प्रकरण: प्रहरीले थमाएको थियो जरुरी पक्राउ पुर्जी
-
सशस्त्रका ७ डिआइजीको सरुवा, ७ जनाको पदस्थापन
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
दिल्लीको उच्चस्तरीय भेटघाट सकेर लखनउ पुगे रवि लामिछाने, विमानस्थलमा उत्तर प्रदेशका उपमुख्यमन्त्रीले गरे स्वागत
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण