सीतापाइला क्षेत्रमा सिक्री लुटपाटमा संलग्न युवक पक्राउ
सोमबार, ०९ भदौ २०८२, २० : ४४
काठमाडौं । काठमाडौँको सीतापाइला क्षेत्रमा सिक्री लुटपाटमा संलग्न एक युवकलाई प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा सिन्धुपाल्चोकको मेलम्ची नगरपालिका–४ घर भएर काठमाडौं बस्ने ३६ वर्षीय कर्मा तामाङ छन् ।
प्रहरी वृत्त स्वयम्भुबाट खटिएको टोलीले आइतबार उनलाई काठमाडौं–७ कुमारीगलबाट पक्राउ गरेको जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी अपिल बोहराले रातोपाटीलाई बताए । आरोपीले असार १५ र साउन १२ मा सितापाइला एरियामा पैदलयात्रीको सिक्री लुटेर फरार भएको प्रहरीको अनुसन्धान निष्कर्ष छ ।
लुटपाटमा प्रयोग भएको मोटरसाइकल पनि प्रहरीले बरामद गरेको छ । आरोपीमाथि प्रहरी वृत्त स्वयम्भुले अनुसन्धान गरिरहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मेस्सी उत्कृष्ट खेलाडी घोषित
-
कङ्गोमा इबोला प्रकोप तीव्र, मृत्यु हुनेको सङ्ख्या ९९९ पुग्यो
-
न्यायपालिकाको पाँचौं रणनीतिक योजनामा भदौ २४ को विध्वंसको धक्का
-
एमआरपी अनिवार्य गर्ने निर्णयबाट फेरि पछि हट्यो सरकार, बजारमा भने कडाइ
-
शहिद गङ्गालाल हृदय केन्द्रद्वारा बालबालिकाको मुटु शल्यक्रिया सहायता रकम परिमार्जन
-
बुटवलमा रिभल्वर र गोलीसहित युवक पक्राउ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण