अपडेट
ललितपुरबाट ९१ लाख सहित पक्राउ परेका युवक अनलाइन गेमिङ र क्रिप्टो कारोबारमा संलग्न
सोमबार, ०९ भदौ २०८२, २१ : ११
काठमाडौँ । ललितपुरको भनिमण्डलबाट पक्राउ परेका युवक अनलाइन गेमिङ र क्रिप्टो करेन्सी कारोबारमा संलग्न रहेको भेटिएको छ ।
सिन्धुलीको पिपलभञ्ज्याङ घर भएका २५ वर्षीय गौरव स्याङतान सोमबार साँझ ललितपुर महानगरपालिका–४ स्थित भनिमण्डलबाट पक्राउ परेका हुन् ।
उनी अनलाइन गेमिङ र क्रिप्टो कारोबारमा संलग्न रहेको भेटिएको जिल्ला प्रहरी परिसर ललितपुरका एसएसपी श्यामकृष्ण अधिकारीले रातोपाटीलाई बताए ।
उपत्यका प्रहरी कार्यालय र ललितपुरबाट खटिएको प्रहरीले उनको डेराबाट ९१ लाख ५० हजार नगद र १ थान पैसा गन्ने मेशिन बरामद गरेको छ ।
उनको डेरामा १ केजी ५ सय ग्राम गाँजा पनि भेटिएको एसएसपी अधिकारीले बताए । अनलाइन गेमिङ र क्रिप्टो कारोबारमा प्रयोग गरिएको ११ थान मोबाइल, आइप्याड र ल्यापटप प्रहरीले बरामद गरेको छ । उनीमाथि जिल्ला प्रहरी परिसर ललितपुरले अनुसन्धान गरिरहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
साउदी अरबले जबरजस्ती लागु गर्यो सिप प्रमाणीकरण, डलर तिर्न म्यानपावर व्यवसायीलाई दबाब
-
पाकिस्तानले अमेरिकासँग माग्यो १० अर्ब डलर
-
राष्ट्रिय भेलाले जे निर्णय गर्छ, त्यही अनुसार अगाडि बढौँ : जीतजंग बस्नेत
-
बीपी र पुष्पलालका विचार आज पनि उत्तिकै सान्दर्भिक छन् : जनार्दन शर्मा
-
कर्णालीमा कांग्रेस संसदीय दलको बैठक सुरु, के विषयमा हुँदै छ छलफल ?
-
वीपीको चिन्तन गर्न सक्ने पार्टी निर्माण आवश्यक छ : कुन्दनराज काफ्ले
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण