भारतमा साइबर ठगी गिरोहका एक नेपालीसहित १० सदस्य पक्राउ, कम्बोडियासँग ‘कनेक्सन’
सारांश
- भारतमा साइबर ठगीमा संलग्न गिरोहका एक नेपाली सहित १० जना पक्राउ परेका छन्।
- उनीहरूले कम्बोडियाबाट सञ्चालन गरी लगानीको प्रलोभन देखाएर ठगी गर्ने गरेको भारतीय प्रहरीको दाबी छ।
- पक्राउ परेकाहरूले ठगी रकम आफ्नो खातामा जम्मा गर्न लगाई कम्बोडिया पठाउने र त्यसबापत २० प्रतिशत कमिसन लिने गरेको खुलेको छ।
काठमाडौँ । भारतमा साइबर ठगी गिरोहका १० जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा एक नेपाली नागरिक छन् भने बाँकी भारतीय हुन् ।
भारतीय सञ्चारमाध्यमका अनुसार पक्राउ परेका गिरोहले करोडौँ भारतीय रुपैयाँ बराबरको ठगी गरेको छ । उनीहरू कम्बोडियाबाट सञ्चालित रहेको भारतीय प्रहरीको दाबी छ ।
मानिसहरूलाई टेलिग्राम ग्रुपमा जोडेर लगानीका लागि विभिन्न प्रलोभन देखाउने र लगानी गर्न लगाएर रकम ठगी गर्न उक्त गिरोह सक्रिय हुँदै आएको बताइएको छ ।
पक्राउ परेकाहरूले आफ्नो खातामा रकम जम्मा गर्न लगाउने र यसरी आएको रकम कम्बोडिया पठाउने गरेको भारतीय प्रहरीको भनाइ छ । यसरी पठाएको रकमको २० प्रतिशत उनीहरूले पाउने गरेको बताइएको छ ।
भारतीय सञ्चारमाध्यमका अनुसार हरियाणाको पलवल, मानपुर निवासी हर्षकुमारले साइबर थानामा उजुरी गरेपछि प्रहरीले अनुसन्धान अघि बढाएको थियो । सोही क्रममा नेपाल–भारत सीमा क्षेत्र नजिकै जोगबनीबाट दुई दिनअघि १० जनालाई नियन्त्रणमा लिइएको भारतीय प्रहरीले जनाएको छ ।
पक्राउ पर्ने १० जनामध्ये विजय उपाध्याय नाम गरेका नेपाली नागरिक पनि छन् । उनको ठेगाना खुलाइएको छैन ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
संविधानको प्रस्तावना खलबल्याउने देखेपछि कार्यदलबाट बाहिरिए चार दल
-
रास्वपा विधानः सभापति संसदीय दलको नेता भए के गर्ने ?
-
सात मिनेटसम्म मृत मानिएका यी फुटबलर जारी विश्वकपमा प्रशिक्षक बनेर कमाल गर्दैछन्
-
डेली मेलविरुद्धको कानुनी लडाइँको अन्तिम फैसला सुन्न राजकुमार ह्यारी लन्डनमा
-
किसानलाई अनुदानमा कृषि उपकरण
-
फोहर व्यवस्थापनमा वित्तीय साझेदारी खोज्दै काठमाडाैँ महानगरपालिका
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण